Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

खबरदाता

खबरदाता

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अंकले वृद्धि भई ५३०.८३ मा पुगेको छ । कुल २२४ वटा कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँमा खरिद-बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० रुपैयाँ हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्र शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अंकले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अंकले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २४५ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, अपिपावर कम्पनी २३ करोड २३ लाख ३० हजार ९७०, नेपाल पूर्वाधार बैंक २२ करोड २९ लाख ११ हजार ७१७, एचआईडीसीएल २१ करोड ९४ लाख ६४ हजार ६६८ र हिमालयन डिस्टिलरी १४ करोड ४९ लाख ९२ हजार ३३४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्य भोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउण्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।  त्यस्तै, नबिल डिवेञ्चर २.०३, एनआईसी एसिया सेलेक्ट फण्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बीमा कम्पनी एक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीले अनलाइनमार्फत विवरण नबुझाए कारबाही

सहकारीको तथ्यांक राख्न बनाइएको सहकारी तथा गरिबी निवारण सूचना प्रणालीमार्फत विवरण नब…

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशम…

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तले १६ असारदेखि१लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री ख…