Khabarpato logo

         

कला/साहित्य

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल ?’

एजेन्सी

एजेन्सी

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल ?’

साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट फिल्म फिल्म ‘पुष्पाः द राइज’ले नियमित रूपमा बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गरिरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको यस फिल्मले हालसम्म दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा रहेको अभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले उस्तै मनपराइरहेका छन् ।

फिल्मको व्यापार बढ्नुमा समान्थाको यस आइटम नम्बरलाई पनि प्रमुख कारण मानिएको छ किनकि फिल्म हेर्दा दर्शकले आइटम गीतलाई निकै रुचाएका छन् । दर्शकले यस गीतलाई पटक पटक सुन्ने र हेर्ने गरिरहेका छन् । फ्यानहरूले फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’मा समान्थाको अर्को एक आइटम गीत चाहेका छन् तर निर्माता भने सिक्वेलमा समान्थाको आइटम नराख्ने निर्णयमा पुगेका छन् ।

सुकुमार निर्देशित फिल्मले हिन्दी भाषी क्षेत्रमा राम्रो कारोबार गरिरहेको छ । त्यही कारण सुकुमारले ‘पुष्पाः द रुल’मा कोही हिन्दी फिल्मकी अभिनेत्रीले आइटम नृत्य गरून् भन्ने चाहेका छन् । यो फिल्म सन् २०२२ को अन्त्यमा रिलिजको तयारी हुँदै छ, जबकि यसको सुटिङ फेब्रुअरीमा सुरु गर्ने निर्माण पक्षले योजना बनाइसकेको छ ।

सुकुमार यस समयमा ‘पुष्पा २’का लागि एक टप अभिनेत्रीलाई अनुबन्ध गराउने तयारीमा छन्, जसको खोजीमा उनी जुटिसकेका छन् । स्रोतका अनुसार बलिउडका केही टप अभिनेत्रीले यस फिल्ममा आइटम नृत्य गर्ने सोच बनाएका छन् । तर, सुकुमारको नजरमा को अभिनेत्री पर्छिन् भन्ने टुंगो लागिसकेको छैन ।

अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दाना अभिनित ‘पुष्पाः द राइज’ले हिन्दी भर्सनमा ८० करोड भारुभन्दा बढी रकम कमाइसकेको छ । बलिउडका व्यापार विश्लेषकहरू फिल्मले चाँडै नै हिन्दी भर्सनमा सय करोड भारुको कारोबार गर्नेमा ढुक्क छन् ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक

काठमाडौं- साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'बेग्लै आकाश' र प्रमोद …

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदे…

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित

कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंम…