Khabarpato logo

         

अन्तर्वार्ता

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

न्युज कारखाना

न्युज कारखाना

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थक मात्र होइन, गठबन्धनको सरकारले समेत यस घटनालाई निकै चासोका साथ हेरेको छ । क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केन्द्रीय सम्झौताबाट ६ महिना बाहिर राख्ने तथा कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गर्ने निर्णय सुनाएको थियो ।

यसपछि चारै खेलाडीले क्यानलाई कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । उनीहरूलाई सहयोग गर्दै अन्य खेलाडीले ऐक्यवद्धता पनि जनाएका छन् । अध्यक्ष चतुरबहादुर चन्दले स्वेच्छाचारी ढंगले क्यान चलाएको, आर्थिक अनियमितता गरेको, प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै विराेध सुरु भएकाे छ । यिनै विषयमा क्यानका सदस्य ऋषिराम दाहालसँग न्युज कारखानाकर्मी रमेश सुवेदीले गरेको कुराकानी प्रस्तुत छ ।

तपाईंसहित ६ बोर्ड सदस्यले खेलाडीको कारबाही फिर्ता होस् भन्ने माग राख्नुभएको छ । आवश्यक थियो यो ?

३ महिनापछि हामी ठूलो प्रतियोगिता खेल्दै छौँ । यसअघि हामीले जुन लेभल- १ प्राप्त गरेका छौँ, त्यसलाई जोगाउनु ठूलो चुनौतीको विषय हो । यस्तो अवस्थामा खेलाडीलाई खेल खेलाउन प्रोत्साहन, प्रेरित गर्ने समयमा खेलाडीमाथि कारबाही गर्दा हाम्रो लेभल जोगिन्छ कि जोगिँदैन ? र, खेलाडीहरूलाई कारबाही गर्नुपर्ने अक्षम्य अपराध गरेका हुन् ? त्यो विषय आउनुपर्‍याे । उनीहरूले चित्त नबुझेका कुरा राख्दैमा खेलाडीलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौँ । 

उनीहरूले यस्तो हुनुपर्छ । यो काम गर्‍याे । यस्तो गर्‍याे भनेर आवाज उठाएका छैनन् । क्यानविरुद्ध नाराबाजी गरेका छैनन् । उनीहरूले आफ्ना माग राखेका छन् । ग्रेडिङमा समस्या छ, सच्चाउनुपर्‍याे भनेका छन् । यति भन्दैमा एकैचोटि खेलाडीलाई कारबाही गर्ने ? कप्तान उपकप्तानलाई निकाल्ने ? ४ जना खेलाडीलाई ग्रेडिङमा नराखी भोको पेट खेल खेल भन्ने ? जो राष्ट्रका लागि खेलिरहेका छन्, उनीहरूको मनोबल बढाएर लेभल- १ जोगाउनुपर्ने बेलामा खेलाडीलाई पिटेर , तर्साएर लेभल- १ जोगिन्छ त ?  

क्यानले खेलाडीले आचारसंहिता उल्लंघन गरेकै हुन् भनेको छ । तपाईंहरूकाे कुरा फरक देखियाे नि !

हामी खेलाडीसँग टचमा छैनौँ । खेलाडीले अनुशासन भंंग गरे कारबाही गर्न पाइँदैन भन्ने पक्षमा पनि छैनौँ । अनुशासनको कारबाही सबैको पक्षमा छ । बोर्डले आफूले गरेका कमीकमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो । कसैलाई कारबाही गर्नुअघि सफाइको मौका दिनुपर्छ । खेलाडीले खेल्ने हो, राजनीति गर्ने होइन । लेभल वान जोगाउनु छ । यो ठाउँमा पुग्नु हाम्रो गन्तव्य हो । खेलाडीले यीयी कुरा चाहिन्छ भनेर माग गर्दा माग राख्न नपाउने भन्ने कुरा हुँदैन । 

खेलाडी र क्यानका पदाधिकारीकाे संयुक्त बैठक राखेर खेलाडीलाई सम्झाउने, खेलाडीको यीयी कुरा पूरा गर्न सक्छौँ, हाम्रो हैसियत यति छ, यीयी माग पूरा गर्न सक्दैनौँ, ग्रेडिङ पनि यो अवस्थामा यसरी गर्छाैं भन्नुपर्छ ।

अनुशासन कमिटी छँदै छ । त्यो अनुशासन कमिटीले गर्नुपर्ने कारबाही उसले नगरी, बोर्डमा छलफल नै नगरी कमिटी बनेको छ । जाे कमिटीको संयोजक छ, ऊ नै संघको कार्यबाहक सचिव छ । उहाँले नै कारबाही गर्नुपर्छ भने कसरी छलफल हुन्छ ? त्यसमा हाम्रो असहमति रह्यो

अहिले हामी डिसेम्बरको अन्तिमतिर छौँ । जनवरीदेखि २०२२ को ग्रेडिङ हुनुपर्छ । नयाँ ग्रेडिङ हुनुपर्छ । अब उनीहरूको ग्रेडिङको समय सकिइसक्यो । बरु २०२२ को केही महिनाअघि नै ग्रेडिङ गरेर सकौँ । कप्तानसँग सल्लाह गरौँ । कप्तानलाई पनि आफ्नो टिममा को कस्तो छ ? को घाइते छ ? कसलाई के समस्या छ ? धेरै थाहा हुन्छ । हामीले कप्तानसँग सल्लाह भयो ? भनेर सोध्यौँ । किन गर्ने ? भन्नुभयो । यी कुरा भएकाले हामीले खेलाडीको पक्षमा खुला दिमागमा सोचेर हामीले कुरा गरेका हौँ ।

खेलाडीसँग अनुशासन भंग गर, क्यानका विरुद्ध हिँड भन्ने कुरा हामीले मान्दैनौँ । खेलाडी क्यानको अनुशासनमा बस्नुपर्छ । क्यानको विरुद्धमा जान पाइँदैन । गए कारबाही हुनुपर्छ तर कारबाही गर्नुको पनि सीमा हुन्छ । विधि र पद्धति हुन्छ । त्यो कुरा नियमसंगत छैन । योचाहिँ जबर्जस्ती आफैँ बोक्सी, आफै झाँक्री भएझैँ आफैँले प्रतिवेदन बनाएर कारबाही गरिएकाे छ ।

अनुशासन कमिटी छँदै छ । त्यो अनुशासन कमिटीले गर्नुपर्ने कारबाही उसले नगरी, बोर्डमा छलफल नै नगरी कमिटी बनेको छ । जाे कमिटीको संयोजक छ, ऊ नै संघको कार्यबाहक सचिव छ । उहाँले नै कारबाही गर्नुपर्छ भने कसरी छलफल हुन्छ ? त्यसमा हाम्रो असहमति रह्यो । नोट अफ डिसेन्ट राख्यौँ । क्यानले पनि जितोस्, खेलाडीले पनि जितून् । सबैको कमीकमजोरी निकालौँ र अगाडि बढौँ भन्दा उहाँ (अध्यक्ष चतुरबहादुर चन्द) मान्नुभएन । जबर्जस्ती बहुमत छ भन्दै कारबाही गर्नुभयो । 

खेलाडीले गुट बनाएर आफूअन्तर्गतकालाई समेटेर हस्ताक्षर गरेर क्यानलाई ११ बुँदे माग राखे भन्ने कुरा छ नि ?

१४ खेलाडीले संयुक्त हस्ताक्षर गरेका हुन् । हामीलाई सहयाेग गर्नुभयाे भने राम्रोसँग खेल्न सक्छौँ । नेपालको नाम राख्न सक्छौँ । हामी लेभल वान जोगाउन सक्छौँ भन्नु कसरी दबाब भयाे ? यदि यो भएको वा गरेको हो भने जबर्जस्ती हस्ताक्षर गरेका हाैँ भन्ने खेलाडी आउनुपर्‍याे । क्यानका पदाधिकारीले धम्क्याएर खेलाडीलाई जबर्जस्ती खेलाडीकै विरुद्धमा बोल्न लगाएको सुन्नमा आएकाे छ । खेलाडीकै विरुद्ध क्याम्पेन गर्न लगाएको, दुनियाँ ठाउँबाट दबाब दिएको भन्ने सुन्नमा आाएकाे छ ।

तपाईंहरूले पनि सुदृढीकरणको बहानामा क्यानलाई पेलेरै जान लागेको भन्ने आरोप छ नि ? 

क्यानलाई पेलौँ भन्ने कुरै होइन । हामी पनि क्यानको एक पाटो हौँ । हामी पनि बोर्ड मेम्बर हौँ । गलत कुराहरू हुँदा हाम्रो मत सानो भयो होला तर गलत कुराहरूलाई गलत हो भन्न पाउनुपर्छ नि ! त्यसका लागि हामीले कुरा उठाएको हो । 

अब क्यानको साधारणसभा आउँदै छ । के गर्नुहुन्छ ? 

हामीले कुरा उठाएका छौँ । यो कुरा कहाँ जान्छ ? यदि जिल्लाको अधिवेशन नगरी साधारणसभा गराउनुपर्छ भनेर क्यानको बहुमतले भन्छ भने हामी यही कुरा लिएर साधारणसभामा लगेर हाम्रो कुरा प्रस्तुत गर्छौं । सहभागी नहुने, बहिस्कार गर्ने, राजीनामा दिने भन्ने कुरा हाम्रो होइन । हामी त्यहीँ बस्छौँ । क्यानलाई लाइनमा, पद्धतिमा ल्याउन उहाँहरूसँग बसेर अगाडि बढ्छौँ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

बिना गौतम शाक्य, लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । वीपी कोइरालाको राजनीतिक…

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छ…

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादम…

'दलहरू निकास निकाल्न लागेनन् भने बुझौँ- चोलेन्द्रसँग फाइदा लिए र अझै पनि लिन चाहन्छन्'

'दलहरू निकास निकाल्न लागेनन् भने बुझौँ- चोलेन्द्रसँग फाइदा लिए र अझै पनि लिन चाहन्छन्'

प्रकाश वस्ती न्यायालयको दुरवस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम…