Khabarpato logo

         

राजनीति

संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौँ: राप्रपा

न्युज कारखाना

न्युज कारखाना

संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौँ: राप्रपा

नि:शर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ ।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा राजतन्त्रदेखि गणतन्त्र पक्षधरसम्मलाई अटाउन नयाँ मोडलको संवैधानिक राजतन्त्र जरुरी रहेको उल्लेख छ । 

‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरूले गर्ने तथा संसदको परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रूपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात गर्नेछ’, कार्यपत्रमा भनिएको छ । 

यो कार्यपत्रमाथि राप्रपाको बन्दसत्रमा छलफल जारी छ । राप्रपाले राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रूपमा संवैधानिक राजसंस्था आवश्यक रहेको भन्दै सबैलाई अटाउन संसदको नियन्त्रणमा राजसंस्था जरुरी रहेको भनेको छ ।  

पार्टीको सिद्धान्त सम्वर्द्धनवाद भएको उल्लेख गर्दै थापाले पेस गरेको कार्यपत्रमा भनिएको छ, ‘राप्रपा सम्वर्द्धनवादमा विश्वास गर्ने पार्टी भएकोले एक प्राचीन संस्थाको रूपमा राजसंस्थालाई समयानुकूल परिमार्जन गर्दै कायम राख्नुपर्छ भन्ने दृढ मान्यता राख्छ ।’

विगत १२ वर्षको राजनीतिक घटनाक्रम तथा राजनीतिक अभ्यासले समेत राजसंस्थाको औचित्य पुष्टि हुँदै गएको कार्यपत्रमा उल्लेख छ । ‘प्राचीन संस्था भएको कारणले मात्र होइन, नेपालको भू-राजनीतिक स्थिति, धार्मिक-सामाजिक परिवेश एवं वर्तमान राजनीतिक अवस्थाको पृष्ठभूमिमा राजासहितको प्रजातन्त्रको सान्दर्भिकता पुष्टि  हुन्छ’, थापाले पेस गरेको राजनीतिक कार्यपत्रमा उल्लेख छ । 

राप्रपाले कुनै पनि शक्तिलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व कायम हुन नसक्ने भन्दै कार्यपत्रमार्फत भनेको छ, ‘त्यसर्थ, राजादेखि माओवादीलगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो संभव छ भन्ने राप्रपाको दृढ विश्वास छ ।’

नेपालको संविधान जारी भएपछि नेपाल वैधानिक रूपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यलाई स्वीकार गरिएको कार्यपत्रमा भनिएको छ, ‘२०६२/०६३ को जनआन्दोलनपछिको परिवर्तन एवं नेपालको संविधान, २०७२ जारी भएपश्चात् नेपाल वैधानिक रूपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि राप्रपा सचेत रहेको छ । त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौतको साझा संस्था हुनेछ ।’

राष्ट्रनिर्माणको वैकल्पिक बाटो : सम्वर्द्धनवाद

राप्रपाले पार्टीको मूल सिद्धान्त र कार्यदिशा सम्वर्द्धनवाद भएको बताएको छ । थापाले सम्वर्द्धनवादलाई कार्यपत्रमा यसरी व्याख्या गरेका छन्–

सनातन धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्थाहरूको संरक्षण र सम्वर्धन गर्दै तथा राष्ट्रियता र प्रजातन्त्रलाई सुदृढ तुल्याउँदै सबल र समृद्ध राष्ट्रनिर्माण गर्ने अवधारणालाई सम्वर्द्धनवाद भन्न खोजिएको हो । 

वीरतापूर्ण र गौरवशाली इतिहासको जगमा नेपालको राष्ट्रिय स्वतन्त्रता, एकता र सार्वभौमिकता सुदृढ तुल्याउने सोच र चाहनाको परिणामसमेत हो-सम्वर्द्धनवाद ।

व्यक्ति, परिवार, समाज र राष्ट्र निश्चित मूल्य र मान्यताको जगमा खडा भएको हुन्छ । कुनै पनि परिवार, समाज वा देश शून्यमा खडा भएको हुँदैन । प्राचीनकालदेखि नेपाली समाज र राज्यव्यवस्था सनातन धर्म, संस्कृति र परंपराको धरातलमा खडा रहेको तथा चल्दै आएको तथ्य सर्वविदित छ । सम्वर्द्धनवाद त्यही धरातललाई सुदृढ बनाउने मान्यता हो । 

धरातल कमजोर भयो भने राष्ट्रको अस्तित्व पनि खलबलिन्छ । सम्वर्द्धनवाद नितान्त नवीन अवधारणा होइन । यो नेपाली समाज र राज्यको अस्तित्वसँग गाँसिएको प्राचीन र मौलिक दर्शन हो । नेपालको परिवर्तित राजनीतिक र सामाजिक परिवेश एवं जनचाहनाको पृष्ठभूमिमा सम्वर्द्धनवादलाई सहमति र सम्झौताको साझा र मध्यमार्गी वैचारिक बाटोको रूपमा विकास गर्न खोजिएको छ । यो मान्यता परिवर्तनविरोधी होइन, निरन्तरतासहितको परिवर्तनको पक्षपाती हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…