Khabarpato logo

         

राजनीति

न्यायालय विवादमा मध्यमार्गी बाटो खोज्दै सत्ता गठबन्धन, बिदामा बस्न सक्छन् जबरा

न्युज कारखाना

न्युज कारखाना

न्यायालय विवादमा मध्यमार्गी बाटो खोज्दै सत्ता गठबन्धन, बिदामा बस्न सक्छन् जबरा

सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलका नेताहरू मध्यमार्गी उपायको खोजीमा जुटेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतकै न्यायाधीशहरू आन्दोलित भइरहेका बेला सत्ता गठबन्धन भने जबरालाई लामो समय बिदामा राखेर कायममुकायमको भरमा अदालत चलाउने रणनीतिमा जुटेका छन् । 

नेपाल बार एसोसिएसनको ज्ञापनपत्र बुझ्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसको संकेत गरेका थिए । गठबन्धन दलका औपचारिक र अनौपचारिक विषयमा जबरालाई बिदामा बस्न सुझाव दिने सल्लाह भइरहेको छ । 

नेपाल बारले कुनै पनि हालतमा जबरालाई प्रधानन्यायाधीश स्वीकार नगर्ने बताइहेका बेला सत्तारुढ गठबन्धन बारले भनेजस्तो जबरालाई महाअभियोग लगाउन बाटोमा जान चाहेको छैन । 

महाअभियोग पनि नलगाउने र जबराले राजीनामा पनि नदिने अवस्था आएपछि लामो समय न्यायालय संकटमा फस्ने भन्दै गठबन्धन दलका शीर्ष नेता सहज अवतरणको मार्ग खोजिरहेका छन् । 

बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठमा जबरालाई बिदा बस्न सुझाव दिने विषयले औपचारिक प्रवेश पाएको छ ।

प्रधानन्यायाधीश कोरोना संक्रमणका कारण बिरामी परेका कारण सर्वोच्चमा हाल दीपककुमार कार्कीलाई कायममुकायम तोकिएको छ । वरिष्ठतम् न्यायाधीशको हैसियतमा कार्कीले पाएको यो जिम्मेवारीलाई सत्ता घटक दल केही समय लम्ब्याउन चाहन्छन्  । 

गठबन्धन दलको बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जबरा बिदामा बसेका कारण यो बिदा लम्व्याउन आग्रह गर्ने र कायममुकामयबाटै अदालत चलाउन भन्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । उनका अनुसार यस विषयमा औपचारिक निर्णय भने भएको छैन । 

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, संचारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरू सहभागी थिए । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…