Khabarpato logo

         

राजनीति

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

न्युज कारखाना

न्युज कारखाना

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले ३ वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनुपरेको छ ।

एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले ३ वटा मुख्यमन्त्री पद गुमाउनुपरेको हो । 

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै एमालेले लुम्बिनी र गण्डकीसहित ३ वटा प्रदेश मुख्यमन्त्री गुमाउनुपरेको हो । गण्डकी र लुम्बिनीमा क्रमशः माओवादीका कुलप्रसाद केसी र गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् ।

गत २ भदौमा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएकी शाक्य ६८औँ दिनमै बुधबारदेखि जिम्मेवारीमुक्त भएकी हुन् । उनी मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलो महिला मुख्यमन्त्री बनेको रेकर्ड भने कायम भएको छ । 

एमालेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘पार्टी एकताका लागि’ भन्दै गत २ भदौमा राजीनामा दिएलगत्तै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । 

लुम्बिनीमा माओवादी, गण्डकीमा कांग्रेस

एमालेले मुख्यमन्त्री गुमाएका ३ मध्ये लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा कांग्रेस तथा बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व गर्ने भएका छन् । गत २७ साउनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै माआवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनिसकेका छन् भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २६ वैशाखमा राजीनामा दिएलगत्तै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
‘पार्टी जोगाउन’ राजीनामा, तर मुख्यमन्त्री भने टिकेनन्

तत्कालीन नेकपा विभाजन भएपछि एमालेले पुनर्जीवन पाए पनि एमालेमा कलह भने देखा नै परिरहेको अवस्थामा ‘पार्टी एकता कायम गर्न’ २ मुख्यमन्त्रीले राजीनामा दिए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर क्रमशः एमालेकै अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइयो । 

तर, एमाले विभाजन भएको अवस्थामा शाक्यका स्थानमा पूर्वएमाले तथा हाल नेकपा (एस)का पाण्डे मुख्यमन्त्री हुने भएका छन् भने गठबन्धनमा सहमति भएअनुसार प्रदेश १ मा राजेन्द्र राईको संभावना प्रबल रूपमा बढ्दै गएको छ । यद्यपि, टुंगो भने लागिसकेको छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…