Khabarpato logo

समाचार

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

खबरदाता

खबरदाता

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले ३ दिनदेखि सुनुवाइ रोकिएको छ । 

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर सुनुवाइका लागि इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेका हुन् । 

‘न्यायपालिका सुधारका कार्यक्रमहरू लागू गराउनेसमेतका कार्यमा नेबाए, न्याय तथा कानुनी क्षेत्रका व्यक्तिहरू र सेवाग्राहीलगायत आमनागरिकहरूको पनि सहयोग अपेक्षित रहन्छ । तसर्थ यस पुनीत कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । न्यायपालिकाको समग्र सुधारका अभियान सुुरु गर्दा केही दिन पेसी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ ।'

'केही दिन धैर्य धारण गरी न्यायिक सुधारका कार्यमा सहयोग पुर्‍याउन पुनः हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि