Khabarpato logo

कला/साहित्य

आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा

एजेन्सी

एजेन्सी

आर्यन खानको सुनुवाइ २६ अक्टोबरमा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइ बम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ ।

गत २ अक्टोबरमा क्रुज सिपमा ८ जना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारबाही गरिरहेको छ । 

आर्यनको जमानत अपिल २ पटक खारेज भइसकेको छ । त्यस कारण उनका वकिल सतिश मानेसिन्डेले हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् ।

आर्यनको सुनुवाइ २६ अक्टोबरमा हुने भएपछि शाहरुख जेलमै भेट्न पुगेका थिए । कोरोना भाइरसका कारण बाहिरी मान्छेलाई जेलमा प्रतिबन्ध भए पनि परिवार भने जान पाउनेछन् । पछिल्लो समय आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखले आफ्नो जन्मोत्सव नमनाउने भएका छन् । 

उनका म्यानेजर पूजाको भनाइअनुसार शाहरुखले फ्यानलाई आफ्नो घर मन्नत अगाडि नउभिनसमेत आग्रह गर्नेछन् । साथै, हरेक वर्ष हुँदै आइरहेको दीपावलीको सेलिब्रेसन पनि यस वर्ष मन्नतमा नहुने भएको छ । शाहरुखले छोरा आर्यनलाई जमानत दिलाउन हरप्रयास गरिरहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि