Khabarpato logo

         

अर्थ/वाणिज्य

राष्ट्र बैंकले गरेको हस्तक्षेपको प्रभाव: शेयर बजारमा हरियाली

खबरदाता

खबरदाता

राष्ट्र बैंकले गरेको हस्तक्षेपको प्रभाव: शेयर बजारमा हरियाली

लगातार घटेको शेयर बजारमा बुधबार ६०.५६ अंकले वृद्धि भएको छ । बुधबार नेप्से २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो ।

बुधबार कुल २१७ वटा कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख एक हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँमा सीमित भयो ।

बुधबार सबै परिसूचक हरियो देखिए । वित्त, जलविद्युत्, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहका लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य आज सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो ।

एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरै घट्यो । बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा भने नबिल बैंक रह्यो । यस बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकहरूको ब्याजदरमा राष्ट्र बैंकले गरेको हस्तक्षेपको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन कडाइ गरेको थियो । उक्त निर्देशनपछि बुधबार शेयर बजारमा उत्साह देखिएको हो ।

ताजा

सबै

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसे…

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारक…

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न…

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द…

लोकप्रिय

सबै

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवन…

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवे…

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० र…

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको…

यो पनि

आजको शेयर बजार राताम्मे

आजको शेयर बजार राताम्मे

साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेर राता…

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

साताको पाँचौँकारोबार दिन बिहीबारनेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाेछ । नेपाल स…

नेप्से झिनो अंकले उकालो

नेप्से झिनो अंकले उकालो

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार द…

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० र…