Khabarpato logo

         

सं‌सार

आसियानले म्यानमारका सेना प्रमुखलाई बहिस्कार गर्ने

एजेन्सी

एजेन्सी

आसियानले म्यानमारका सेना प्रमुखलाई बहिस्कार गर्ने

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को वार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कू गरेर सत्ता आफ्नो हातमा लिएको थियो । 

आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति जनाएको छ । १० सदस्य राष्ट्र रहेको आसियानको यो निर्णयलाई धेरैले अप्रत्यासित भनेका छन् । अहिलेसम्म आसियानका सदस्य राष्ट्रले एकअर्कालाई हस्तक्षेप गरेका थिएनन् ।

म्यानमारको उथलपुथल अशान्ति अन्त्य गर्न त्यहाँको सेनाले केही पहल नगरेको आसियानले जनाएको छ । 

अगस्टमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषणा गर्दै सेना र लडाकुबीचको युद्ध जारी रहेकोले त्यहाँ लगाइएको संकटकाल अझै लम्बिन सक्ने संकेत गरेका थिए । 

आगामी २६ देखि २८ अक्टोबरसम्म ब्रुनाईमा आयोजना हुने आसियान सम्मेलनमा म्यानमारका सरकार प्रमुखलाई सहभागी हुन दिने कि नदिने भन्नेबारेमा शनिबार आपतकालीन बैठक बसेको थियो । बैठकमा म्यानमारलाई सहभागी गराउने विषयमा कुनै सहमति ननिस्कएको आसियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

म्यानमारका सैनिक नेताहरुले वार्ता नगरेको र देशमा तनाव अन्त्यका लागि कुनै पहल नगरेको आसियानले आरोप लगाएको छ । यसअघि आसियानका प्रतिनिधिले घरमै नजरबन्दमा रहेकी नेतृ आङ सान सु चीलाई भेट्न खोज्दा त्यहाँको सेनाले  अनुमति दिएको थिएन । 

म्यानमारको राजनीतिक अवस्थाले क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको छविमा असर गरेको ब्रुनाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको आसियान सम्मेलन ब्रुनाईले आयोजना गर्दै छ ।

 जुलाईमा आसियानले म्यानमारका जनरललाई दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न अनुरोध गरेको थियो । तर, आसियानको अनुरोधलाई म्यानमारले बेवास्ता गरेको थियो । 

सरकारलाई बहिस्कार गर्ने आसियानको निर्णय म्यानमारका सेनालाई ठूलो धक्का हुने विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…