Khabarpato logo

         

सं‌सार

१७ अक्टोबर: केके घटना भए आजका मितिमा विश्वमा ?

एजेन्सी

एजेन्सी

१७ अक्टोबर: केके घटना भए आजका मितिमा विश्वमा ?

आज १७ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण घटनाः

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

सन् १९८९ मा अमेरिकाको क्यालिफोर्नियास्थित लोमा प्रिटामा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियोे । भूकम्पपछि घर तथा भवन भत्किँदा ६० जनाको मृत्यु भएको थियो । सो भूकम्प अमेरिकामा सन् १९०६ को सान फ्रान्सिस्को भूकम्पपछिको पहिलो ठूलो भूकम्प मानिन्छ ।  

तेलमाथि ओपेकको प्रतिबन्ध

सन् १९७३ मा पेट्रोल निर्यात गर्ने देशहरूको संगठन ओपेकले इजरायललाई समर्थन गर्ने देशमाथि तेल प्रतिबन्धको घोषणा गरेको थियो । इजरायल र अरब राष्ट्रहरूको गठबन्धनबीच भएको योम किपुर युद्धको समयमा ओपकले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण विभिन्न देशमा तेल अभाव भएको थियो । सन् १९७४ को मार्चमा प्रतिबन्ध हटाइएको थियो ।

कुलिन ला रिंगो नरसंहार

सन् १८६१ मा अस्ट्रेलियाका गोरा आदिवासीको बस्तीमा ठूलो नरसंहार भएको थियो । स्थानीय राजनीतिज्ञ होरासियो विल्सले अहिलेको मध्य क्विन्सल्यान्डस्थित कुलिन ला रिंगोमा एउटा शिविर खडा गरेर नियोजित तरिकाले विपक्षीको नरसंहार गरेका थिए । नरसंहारमा १९ जनाको मृत्यु भएको थियो । 

टेरेसालाई नोबेल पुरस्कार

सन् १९७९ मा प्रेम र अनुकम्पाकी प्रतिक तथा रोमन क्याथोलिक अर्डरकी संस्थापक मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । टेरेसाले आफ्नो अधिकांश जीवन गरिब र दुःखीको सेवामा बिताएकी थिइन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…