Khabarpato logo

कला/साहित्य

शिवशंकरको 'जोगिन्दर'पथ

न्युज कारखाना

न्युज कारखाना

शिवशंकरको 'जोगिन्दर'पथ

जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजन कार्यक्रम गर्न थालेको लामो समय भइसकेको छ । ‘जोगिन्दर बोले प्रणामजी’को पहिलो एपिसोडमै तत्कालीन ऊर्जा मन्त्री डा. प्रकाशशरण महतलाई अतिथि बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रूपमा स्थापित नै भए ।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन् । पान पसलेको रूपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन् । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो ।

‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिए । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने । 

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए ।

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरे र अहिलेसम्म निरन्तर सञ्चालन गरिरहेको छु’, उनले भने । 

उनलाई सर्वसाधारणले पान पसलेसम्म भन्ने गरेका छन् । यस्तो सुन्दा उनी क्यारेक्टरले पाएको मायाले खुसी हुन्छन् । ‘आफूले मेहनत गरेको क्यारेक्टरलाई दर्शकले रिलेट गर्दा खुसी लाग्छ’ जोगिन्दरले भने । प्रायः मेला महोत्सवमा उनले आफूलाई त्यही क्यारेक्टरमा प्रस्तुत गर्ने गरेका छन् । 

त्यसो त बेलाबखतमा मधेसी क्यारेक्टरको विवाद पनि निम्तिने गरेका छन् । यद्यपि, उनी आफूले निर्वाह गरेको भूमिका प्रति विश्वस्त छन् । ‘हाम्रो कार्यक्रमले मधेश र मधेसीको संस्कृतिलाई अगाडि ल्याउने कार्य गरेको छ । हामीले क्यारेक्टरमार्फत समुदायलाई असर पर्ने काम गरेका छैनौ’,  जोगिन्दरले भने । 

उनले मधेसको संस्कृितलाई विदेशमा समेत पु¥याएको बताए । ‘हाम्रो संस्कृतिलाई अगाडि बढाउन सक्दो प्रयत्न गर्नु पर्छ’ उनले भने । जोगिन्दरको शो पछिल्लो समय सञ्चालनमा छैन । तर, क्यारेक्टरलाई उनले प्रहसनमार्फत जीवन्त बनाइरहेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि