Khabarpato logo

         

प्रवास

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

न्युज कारखाना

न्युज कारखाना

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६-८ कात्तिकमा काठमाडौंमा हुने भनिएको १०औँ महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्र महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको, विद्यार्थीहरूलाई विधानविपरीत सदस्यता वितरण गरिएको, तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै विवादित विषयको निरूपण नभएसम्म महाधिवेशन नगर्न पत्र पठाएको थियो ।

'गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गर्दै उक्त बैठकले मन्त्रालयको सुझावअनुसार पुर्वनिर्धारित  २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय  गरेको  छ',  प्रवक्ता डीबी क्षेत्रीद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरूसँग परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको प्रवक्ता क्षेत्रीले जनाएका छन् । उनका अनुसार ६ महिनाभित्र महाधिवेशन हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न…

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वै…

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र…

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । म…