Khabarpato logo

         

सं‌सार

अफगानी महिलाद्वारा राजनीतिक तथा सामाजिक समावेशिता माग

एजेन्सी

एजेन्सी

अफगानी महिलाद्वारा राजनीतिक तथा सामाजिक समावेशिता माग

राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरूले माग गरेका छन् । दर्जनौँ महिला अधिकारकर्मीहरूले सहभागिता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन् ।

तालिबानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागिता नभएको र सरकारले महिला सहभागिताका अन्य कदमहरू पनि नचालेकामा उनीहरूको विशेष चिन्ता थियो ।  

'नयाँ सरकार र उनीहरूको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागिता र समावेशिताको विषय अझै पनि अनिश्चित र अन्योलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ', एक महिला अधिकारकर्मीले भने । उनका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै १०० भन्दा बढी देशमा प्रदर्शन भएको छ ।  

विश्वभरिबाट दबाब भए पनि महिला अधिकारको पक्षमा तालिबान सरकारले कुनै उदारता देखाएको छैन । तर, महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिबद्धता भने जनाउँदै आएको छ । विश्व समुदायलाई आफूहरू सुध्रिएको, उदार भएको देखाउनका तालिबान सरकारले मौखिक प्रयास गरे पनि व्यवहारमा भने देखिएको छैन । 

तालिबान प्रशासनमा अहिले पनि महिलाहरूलाई रोजगारीका लागि र अध्ययन अध्यापनका लागि विद्यालय जान रोक लगाइएको छ । त्यसैगरी राजनीतिक क्षेत्रमा पनि कुनै स्थान दिइएको छैन । तालिबान विद्रोहीले झण्डै २० वर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएका छन् । विद्रोहीले राजधानी काबुल कब्जा गर्ने देखिएपछि तत्कालीन राष्ट्रपति असरफ घानीले देश छाडेकाले सहजै उनीहरूले सत्ता पाएका हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…