Khabarpato logo

कला/साहित्य

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

न्युज कारखाना

न्युज कारखाना

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

मिस युनिभर्स नेपाल- २०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यस पटक १०७ जनाले आवेदन दिएका थिए । प्रतियोगितामा नेपालसँगै यूएसए, क्यानडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन् । 

छनाेट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी छन् । 

'हामीले अघिल्लो पटक सम्पन्न गरेको संस्करणले प्रतियोगितालाई अझै लोकप्रिय बनाएको छ', प्रतियोगिताकी कन्ट्री डाइरेक्टर नग्मा श्रेष्ठले बताइन् । मिस युनिभर्स नेपालको टाइटल नेपाल ल्याउने श्रेय उनलाई जान्छ भने उनी नै पहिलो मिस युनिभर्स नेपाल हुन् । 'मैले आफ्नै पहलमा ल्याएको प्याजेन्ट भएकाले पनि यसको हरेक पक्षमा मैले विशेष ध्यान दिने गरेकी छु', नग्मा भन्छिन्, 'म प्रतियोगी हुँदै कन्ट्री डाइरेक्टर भएकाले पनि प्रतियोगितालाई बुझेकी छु ।'

उनले छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने बताइन् । 'फाइनलमा टप १८, १० हुँदै टप ५ बाट विजेता घोषणा हुनेछन्', नग्माले भनिन् । विजेताले १० लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि