Khabarpato logo

         

राजनीति

मन्त्रिपरिषद् विस्तार, आजै शपथ, कोको हुँदै छन् मन्त्री ?

न्युज कारखाना

न्युज कारखाना

मन्त्रिपरिषद् विस्तार, आजै शपथ, कोको हुँदै छन् मन्त्री ?

शपथ ग्रहण गरेको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । 

सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा र दलहरूबीच मन्त्री हुने व्यक्तिको नाममा सहमति भइसकेकाले आज साँझसम्ममा नयाँ मन्त्रीको शपथ ग्रहण हुने दलहरूले बताएका छन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज साँझसम्ममा शपथ ग्रहण समारोहको तयारी गर्न मन्त्रिपरिषद् कार्यालयबाट मौखिक खबर आएको बताए ।

शपथ ग्रहणको समय नजिकिएसँगै दलहरूले पाउने मन्त्रालय र मन्त्री टुंगिएको छ । तर, एउटा महत्त्वपूर्ण मानिएको उद्योग मन्त्रालय भने कुनै पनि दलको भागबन्डामा परेको छैन । 

२१ जना मन्त्री बन्न पाउने भए पनि दलहरूबीच २० वटा मन्त्रालयको मात्र भागबन्डा भएको छ । उद्योगमन्त्री भने कुनै पनि दलको कोटामा परेको छैन । 

कांग्रेसका तर्फबाट रक्षा मन्त्रालयमा डा. मीनेन्द्र रिजाल, कानुनमा दिलेन्द्रप्रसाद बडू, महिला बालबालिकामा उमा रेग्मी र खानेपानी मन्त्रालयमा उमाकान्त चौधरीले शपथ लिँदै छन् । 

यसअघि कानुन मन्त्रालयको जिम्मेवारी पाएका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्रालयमा सारिने भएको छ । तर, कांग्रेसको कोटामा पनि उद्योग मन्त्रालय भने परेको छैन । 

जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्दै छन् । राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणुले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपक्षी मन्त्रालय पाएका छन् । 

नेकपा (एकीकृत समाजवादी)बाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ र भवानी खापुङ मन्त्री बन्दै छन् । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठ र बोधमाया यादवले शपथ ग्रहण गर्दै छन् । माओवादीको भागमा समेत यो मन्त्रालय परेको छैन ।

किनकि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गहतराजले युवा तथा खेलकुद र श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा शपथ लिँदै छन् । राज्यमन्त्री बन्ने भएका यादवको मन्त्रालय भने टुंगिएको छैन । 

आपूर्ति मन्त्रालय दलहरूबीचको कोटामा नपरेपछि सांसदसमेत नभएका गजेन्द्र हमाललाई यस मन्त्रालयको जिम्मा दिने तयारीमा प्रधानमन्त्री देउवा छन् । उनी पुराना कांग्रेस नेता हुन् तर हाल उनी सक्रिय राजनीतिमा छैनन् । 

दलहरूले हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको बताए पनि कानुनमन्त्री कार्कीले भने संसद्‌मा उभिएर गैरसांसदलाई मन्त्री बनाउन नलागिएको र न्यायालयलाई कोटा दिने कुरा कल्पना पनि गर्न नसकिने बताइसकेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…