Khabarpato logo

         

अर्थ/वाणिज्य

‘पिक’ समयमा नचलाउने शर्त राखी उद्योगलाई थप विद्युत् दिइने

खबरदाता

खबरदाता

‘पिक’ समयमा नचलाउने शर्त राखी उद्योगलाई थप विद्युत् दिइने

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक समय)मा उद्योग नचलाउने शर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ ।

मुलुकभित्र उत्पादित विद्युत् बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत पिक समयमा प्रसारण तथा वितरण लाइन ओभरलोड भएमा नचलाउने शर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गरे । उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महसुल सस्तो छ । 

‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत् दिन सकिरहेका छैनौँ भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ । लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ’, घिसिङले भने, ‘यस्तो अवस्था अन्त्यका लागि एउटा/दुईवटा टान्सफर्मर, पोल, कन्डक्टर जस्ता उपकरण थपेर मात्र नहुने देखिएको छ, यसका लागि मुख्य रूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको संजाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अगाडि बढाउँदै छौँ ।’ 

उनले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताए । ‘हाम्रो दैनिक माग २ हजार मेगावाटको हाराहारीमा पुगेको छ तर पूर्व-पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्र प्रसारण संरचना छ’, उनले भने, ‘प्रसारण संजाल विस्तारका लागि ४०० र २०० केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रूख कटानीको स्वीकृति भएमा भएको ढिलाइ, ठेकेदारको कामजोर कार्यसम्पादन कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिट्टो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य गरिरहेका छौँ ।’ 

औद्योगिक करिडोरले बेहोरिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै घिसिङले यस्ता समस्या न्यूनीकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको प्रतिबद्धता जनाए । 

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिटो सम्पन्न गर्ने रहेको छ । 

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने संभावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिनेछ । 

कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरूले मोरङ-सुनसरी औद्योगिक करिडोमा संचालित उद्योगहरूले बेहोरिरहेको विद्युत् आपूर्तिका विषयमा जानकारी गराएका थिए । संगठनहरूले दैनिक रूपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन् । 

मोरङ-सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ । विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य छन् । 

समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायहरूसहित सुझाव दिने प्राधिकरण प्रदेश १ प्रादेशिक कार्यालय विराटनरका निर्देशक राजन ढकालले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…