Khabarpato logo

कला/साहित्य

नयाँ चलचित्र रिलिज नहुँदा हल सुनसान

न्युज कारखाना

न्युज कारखाना

नयाँ चलचित्र रिलिज नहुँदा हल सुनसान

दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः संचालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल संचालकले हल खोल्न मानेका थिएनन् ।

काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ । 

बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी २ वटा अंग्रेजी फिल्म रिलिज भए । यद्यपि, दर्शकको उपस्थिति भने उत्साहजनक देखिएको छैन । कारण, नोबडी पहिले रिलिज भइसकेको थियो भने 'फास्ट एण्ड फ्युरियस ९'लाई दर्शकले डिजिटल माध्यममा हेरिसकेका छन् ।

नयाँ फिल्म हलमा नपाएपछि दर्शकको उपस्थिति भने कमै पाइएको छ । सरकारी बिदा रहे पनि दर्शक उपस्थिति न्यून रहनुलाई वितरक स्वाभाविक रूपमै लिन्छन् । वितरक करण श्रेष्ठले दशैँ अगाडिको समयमा दर्शक चाप हलमा निकै कम हुने बताए । 

'दशैँको किनमेल भएको र हलमा नयाँ फिल्म नभएकाले दर्शकको उपस्थिति कम भएको हो, आउँदो हप्ताबाट बढ्न सक्छ', उनले भने । आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदै छन् । २६ असाेजमा ‘डाँडाको वरपीपल’ रिलिज हुँदै छ भने त्यसको २ दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज हुँदै छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि