Khabarpato logo

कला/साहित्य

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

न्युज कारखाना

न्युज कारखाना

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

मधेस मुद्दामा केन्द्रीत चलचित्र ‘एक’ आज (घटस्थापना)देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र ‘एक’ले डिजिटल प्लेटफर्ममा ‘जोखिम’ मोलेको हो । यद्यपि, आजैदेखि सिनेमा हलहरू पनि खुलेका छन् ।

चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन् । पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सीएआई)को परिकल्पना पनि यस फिल्ममा गरेका छन् ।

फिल्ममा सीएआई एउटा गुप्तचर संस्था हुन्छ । राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन् । ‘राष्ट्रका विरुद्ध हुने यस्ता वैदेशिक चलखेललाई असफल बनाउनका लागि फ्रन्टिएरको रूपमा काम गर्ने सिएसआई जस्ता संस्था नेपालमा आवश्यक भइसकेको छ भन्ने सन्देश यस चलचित्रले दिएको छ ।

खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ । कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा बोकेको पात्रका रूपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सीएसआईको गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन् । यी २ पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुति रहेको यो स्पाई जनर एक्सनप्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन् ।

प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन् ।

गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।

चलचित्र ‘एक’ सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टीभी, म्याक्स टीभी र भायोनेटमा प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाई ड्रामा’मा अभिनय गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि