Khabarpato logo

         

खेलकुद

शानदार जीतसँगै चितवन पहिलो पटक फाइनलमा

न्युज कारखाना

न्युज कारखाना

शानदार जीतसँगै चितवन पहिलो पटक फाइनलमा

सहज जीतसहित चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी- ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।

सुरुवाती ४ खेलमा जीत निकाल्दै पहिलो चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।  

दोस्रो संस्करणमा स्थापित चितवनले यसअघिका २ सिजनमा प्लेअफ यात्रा तय गर्न सकेको थिएन । यद्यपि, यो सिजनमा भने चितवनले अपराजित रहँदै प्लेअफमा स्थान बनाएको थियो भने पाँचौँ खेलमा पराजित भएको थियो ।

आज भएको क्वालिफायरमा शानदार जीत दिलाउन चितवनका लागि ओपनर मोहम्मद शहजाद र कासिम अनसारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे । २६ बलको सामना गरेका शहजादले ७ चौका र २ छक्कासमेत प्रहार गरेका थिए । यस्तै, आसिम अनसारी १४ र करिम जनत ४ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवन सामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्दै पोखराले सम्हालिएको सुरुवात गरेको थियो । ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनिल धमलालाई गुमाएको थियो । त्यसपछि ३ रन जोड्दा ४ विकेट गुमाएको पोखराका लागि अन्य ब्याटरले १० को आँकडा पार गर्नै मुस्किल परेको थियो । 

कप्तान तथा विकेटकिपर ब्याटर विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकेश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए । यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।  

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट चट्काए ।

पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ । 

पराजित पोखराले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आज नै एलिमिनेटरमा काठमाडौं किङ्स- ११ र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेका हुन् ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।

ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…

यो पनि

अल्मुताइरीले गरे ३ वर्षका लागि सम्झौता

अल्मुताइरीले गरे ३ वर्षका लागि सम्झौता

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फासँग ३वर्षको सम्झ…

फर्पिङको जीतमा निरोजको ४ गोल

फर्पिङको जीतमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको …

आईसीसी टी- ट्वान्टी: आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

आईसीसी टी- ट्वान्टी: आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबारएक मात्रखेल आयोजना हुँदै छ ।विश्वकपको सुपर…

आईसीसी टी-ट्वान्टी: बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज

आईसीसी टी-ट्वान्टी: बहुप्रतीक्षित भारत-पाकिस्तान भिडन्त आज

आईसीसी पुरुष टी- ट्वान्टी क्रिकेट विश्वकपमा आज बहुप्रतीक्षित भारत र पाकिस्तानबीचको खेल…