Khabarpato logo

कला/साहित्य

‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

न्युज कारखाना

न्युज कारखाना

‘सहायक श्रीमान्’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरूमा छनोट भएको छ । 

युरोपको जर्मनीस्थित १८औँ टेगेन्सी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औँ इन्टरनेसनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्म्स पोपराडमा को-हजबेन्ड छनोट भएको हो । दुवै देशमा १३-१७ अक्टोबरसम्म यो चलचित्र महोत्सव हुँदै छ । को-हजबेन्ड १५ अक्टोबरका दिन दुवै देशमा प्रदर्शन हुँदै छ । 

निर्देशक गणेश पाण्डेका अनुसार १ देखि सुरु भई २४ अक्टोबरसम्म अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा संचालन हुने तस्बीर साउथ एसियन फिल्म फेस्टिबलमा पनि प्रदर्शन हुँदै छ । ‘नेपालको डकुमेन्ट्री फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट हुनु हाम्रो टिमका लागि मात्र होइन, नेपाल र नेपालीका लागि पनि गर्वको कुरा भन्ने लाग्छ', उनले भने ।

विश्वका विभिन्न देशमा छनोट भइरहेको ‘सहायक श्रीमान्'ले गत वर्ष रसियामा आयोजित १९औँ अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार ‘ग्रान्ड प्रिक्स अवार्ड’ जितेको थियो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो । निर्देशक पाण्डेको ‘सहायक श्रीमान्' नयाँ डकुमेन्ट्री फिल्म हो । 

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ)मा रिलिज गरिएको ‘सहायक श्रीमान्' बहुपति प्रथामा आधारित छ । ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती विवाह गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलो पटक पर्दामा उतारेका हुन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि