Khabarpato logo

         

खेलकुद

ईपीएलको प्लेअफ पुग्ने टोलीको टुंगो लाग्यो, ललितपुर प्याट्रियट्स बाहिरियो

न्युज कारखाना

न्युज कारखाना

ईपीएलको प्लेअफ पुग्ने टोलीको टुंगो लाग्यो, ललितपुर प्याट्रियट्स बाहिरियो

एभरेस्ट प्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने ४ वटा टिमकाे टुंगो लागेको छ । भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ, जसले गर्दा खेल नभएपछि दुवै टिमले १-१ अंक लिएका छन् ।

यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टिमले १-१ अंक लिएका थिए । आजको खेलमा काठमाडौंलाई जित्नै पर्ने दबाब थियो । यदि  आजको खेलमा काठमाडौं पराजय भएको भए प्लेअफमा ललितपुर पुग्ने थियो ।

आज दुवै टिमले अंक बाँडेपछि यसको घाटा डिफेन्डिङ च्याम्पियन ललितपुरले व्यहोरेको छ । ललितपुर र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भयो । 

प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । यसैगरी दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र भैरहवाबीचको विजेताले फाइनल प्रवेश गर्न बिहीबार चितवन र पोखराबीचको खेलमा पराजित हुने टिमसँग खेल्नेछ । ईपीएलको फाइनल खेल शनिबार हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …