Khabarpato logo

         

खेलकुद

नेपालविरुद्ध श्रीलंका : पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्ने २ खेलाडी

न्युज कारखाना

न्युज कारखाना

नेपालविरुद्ध श्रीलंका : पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्ने २ खेलाडी
  • रमेश सुवेदी

साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार नेपालले श्रीलंकाको सामना गर्दै छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाबीच हुने खेलमा २ जना यस्ता खेलाडी छन्, जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्छन् ।

तेज तामाङ : नेपाल

होल्डिङ मिडफिल्डरमा होस् या अट्याक लाइनमा तेज तामाङले पाएको भूमिका सहजै निर्वाह गर्ने गर्छन् । उमेरले २३ मात्र लागेका तेज नेपाली टोलीको मुख्य हतियार भइसकेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले तेजलाई आवश्यकताअनुसार होल्डिङ र आक्रमण दुवैको भूमिकामा खेलाउँदै आएका छन् । 

गत महिना भारतसँगको मैत्रीपूर्ण खेलमा तेजले बक्स बाहिरबाट गरेको गोलले खुबै चर्चा पायो । त्यो गोल नै तेजको राष्ट्रिय टोलीका लागि पहिलो गोल थियो । 

व्यावसायिक फुटबलमा विभागीय नेपाल पुलिस क्लबमा रहेका तेज एन्फा एकेडेमीका उत्पादन हुन् । उमेर समूहमा समेत तेजको भूमिका उस्तै रहने गर्थ्यो । तेजले भारतविरुद्ध यू- १९ टोलीबाट गरेको गोलकै कारण नेपालले उपाधि हात पार्न सफल भएको थियो । होल्डिङ र अट्याकसँगै लामा प्रहार र आफ्नो बक्ससम्म आएर रक्षा गर्न सक्ने तेज पूरा श्रीलंकाली टोलीका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । 

डिलन डी सिल्भा : श्रीलंका

श्रीलंकाली टोलीबाट १० नम्बर लगाएर खेल्ने खेलाडी हुन्, डिलोन डी सिल्भा । युवा खेलाडी डी सिल्भाले साफको पहिलो खेलमा बंगलादेशविरुद्ध ६२ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । यी १९ वर्षीय श्रीलंकाली अट्याकिङ मिडफिल्डर युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । हाल डी सिल्भा क्विन्स पार्क रेन्जर्स (क्विपीआर)को यू- २३ टोलीबाट खेल्दै आएका छन् । क्विपीआरमा भने सिल्भाले विंगरको भूमिका निर्वाह गर्छन् । 

पहिलो खेलमा बंगलादेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरे पनि सिल्भाले आफ्नो प्रभाव जमाएका थिए । इंग्लिस क्लब टोटनहमको उमेर समूहबाट समेत खेलिसकेका डी सिल्भा मिडलाइनमा आफ्नो भूमिका सहजै निभाएर अट्याक लाइनमा नेपाली डिफेन्डरका लागि भारी पर्न सक्छन् । नेपालविरुद्धको खेल डी सिल्भाका लागि राष्ट्रिय टोलीबाट चौथो खेल हुनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …