Khabarpato logo

         

शिक्षा

चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन एमाले असहमत

खबरदाता

खबरदाता

चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन एमाले असहमत

चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति दिने वा नदिने भन्नेमा मत विभाजन भएको थियो ।  

सांसद योगेश भट्टराईले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिन नहुने बताए । उनले कर्मचारी सम्पन्नशाली हुने भएकाले उनीहरूका छोराछोरीलाई  छात्रवृत्ति नचाहिने राय व्यक्त गरे । 'चिकित्सा महँगो शिक्षा हो । कर्मचारी आफैँ पनि आफ्ना छोराछोरीलाई पढ्न पठाउन सक्छन्', सदस्य भट्टराईले भने, 'बरु गरिब, विपन्नका छोराछोरीका लागि छात्रवृत्ति बढाऔँ ।'

सांसद नविना लामाले नेता र कर्मचारीका छोराछोरीलाई आरक्षण हुुनै नहुनेमा जोड दिँदै भनिन्, 'चीनमा नेता र अमेरिकामा कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेकाले समितिको बैठकमा कुन नेता र कुन कर्मचारीका छोराछोरी छात्रवृत्तिमा पढिरहेका छन् भनेर छलफल गरिनुपर्छ ।'

सांसद गिरिराजमणि पोखरेलले कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिनै पर्नेमा जोड दिए । 'कर्मचारीले  प्रोत्साहन पाए अझ राम्रोसँग काम गर्छन्', उनले भने, 'त्यही भएर कतै आरक्षण दिन सकिन्छ कि भने उपायको खोजी गरौँ ।'

चिकित्सा क्षेत्रका कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनका लागि आरक्षण कोटा राखिएकामा राष्ट्रिय चिकित्सा शिक्षा ऐन र नियमावलीमा उक्त आरक्षण हटाइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले राष्ट्रिय चिकित्सा शिक्षा विनियमावली संशोधन गरेर नेपाली सेनाले संचालन गरेको कलेजमा सेनामा तिनका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराइएको बताए । उनका अनुसार सेनाका सन्ततिलाई ४९ प्रतिशत र अन्यलाई ५१ प्रतिशत छात्रवृत्ति राखिएको छ । सांसद मानबहादुर बिकले आरक्षणलाई परिमाणमुखी बनाउनुपर्नेमा जोड दिए । 

सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भन्नेबारे सांसदबीच मतभेद भएको बताइन् । 'नेपाली सेनामा जस्तै चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउन सकिन्छ', उनले भनिन्, 'सेनामा विनियमावली संशोधन गरेर दिन सकिन्छ भने कर्मचारीका छोराछोरीलाई पनि छात्रवृत्ति दिनका लागि विनियावली संशोधन गरेर जान सकिन्छ ।' 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कर्मचारीका छोरछारीलाई छात्रावृत्ति दिनु व्यावहारिक हुने बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…