Khabarpato logo

         

अर्थ/वाणिज्य

देश 'सट डाउन'मा जाँदै, अर्थ मन्त्रालय भन्छ: त्यस्तो होइन

न्युज कारखाना

न्युज कारखाना

देश 'सट डाउन'मा जाँदै, अर्थ मन्त्रालय भन्छ: त्यस्तो होइन

देश आज बिहीबारदेखि बजेटविहीन भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश संसदमा पेस भएपश्चात ६० दिन पुगेर निष्क्रिय भएको र वर्तमान सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहँदा देश बुधबार राति १२ बजेदेखि बजेट शून्यतामा गएको हो ।

बजेट शून्यतामा गएपछि संघ सरकारकाे सरकारी ढुकुटीबाट हुने खर्च ठप्प भएको छ । प्रशासनिकदेखि सरकारी कार्यालयको नियमित निकासा रोकिएको छ । यद्यपि, संघीय सञ्चित कोषबाट व्ययभार कायमै हुनेछ ।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बजेट पारित नभएर ३५ दिन सट डाउनमा गएसँगै नेपालमा पनि समयमै बजेट पारित नभएर पहिलो पटक सट डाउनको स्थिति आएको थियो ।

नेपालमा आजदेखि सरकारी खर्च, राज्यकोषबाट पैसा झिकेर खर्च नपाउने भएको छ । संघीय संसद् र संवैधानिक निकायबाहेक कार्यपालिकाका सम्पूर्ण अंगले निकासा र भुक्तानी गर्न पाउनेछैनन् । संघीय संसद, संवैधानिक अंग, ऋण तथा साँवा खर्च भने संघीय सञ्चित कोष व्ययभारबाट हुनेछ ।

कार्यपालिका खर्चबाट बञ्चित हुँदा प्रधानमन्त्री शेरबहादुर देउवादेखि मन्त्रीहरूको तलब पनि रोकिने भएकाे छ । 

देश सट डाउनमै गएको हो ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प हुँदा सिनेटबाट ३५ दिनसम्म बजेट पारित भएन । त्यो बेला देश पूरै सट डाउनमा गएको थियो । सरकारी कार्यालय ठप्प भएका थिए । अहिले नेपालको बजेटविहीनताको अवस्थालाई ट्रम्पको सट डाउनसँग जोडेर हेरिएको छ ।

तर, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य देश सट डाउनमा नगएको बताउँछन् । 'सरकार पूरै सट डाउन होइन । बजेटसम्बन्धी काम रोकिएको हो । सरकारले काम त गरिरहेको छ । बजेट खर्च गर्न पाइएन । चेक काट्न पाइएन । अलिकति केही न केही अप्ठ्यारो त भइहाल्छ । तर, पूरै सट डाउन होइन', उनले भने ।

आचार्यले अमेरिका र नेपालको परिस्थिति फरक भएको उल्लेख गरे । 'धेरैले अमेरिकातिर जस्तो सोचे । अमेरिका र हाम्रो स्थिति फरक हो । उनीहरूको बन्दै हुने खालको हुन्छ । हाम्रो सबै काम भइरहेको छ । खर्च गर्नेसँग सम्बन्धित काम नभएको हो । राजस्व संकलन भइरहेकाे छ । भुक्तानी  केही दिन ढिलाे हुने हो', उनले भने ।

बजेट पारित नहुँदासम्म निकासा र भुक्तानीसम्बन्धी काम रोकिएको उनले बताए । 'प्रत्येक दिन बजेट खर्च हुन्छ भन्ने छैन । दशैँमा पाँच दिन काम नहुँदा सरकारै बन्द हुन्छ र ? प्रत्येक दिन चेक काटिराखेको पनि हुँदैन । ४ गतेसम्म नहुने हो । त्यसपछि त खुलिहाल्छ । ४ गते नै खुल्छ भन्ने मान्यतामा जानुपर्‍यो', उनले थपे ।

उनले बजेटविहीनताको अवस्थामा खर्च गर्ने कुनै वैकल्पिक उपाय नभएको समेत बताए । 'वैकल्पिक उपाय केही हुँदैन । बजेट पास हुनसम्म कुर्नपर्छ । तर, काम भइरहेको छ', उनको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…