Khabarpato logo

         

राजनीति

हामीले व्यक्तिगत पद र स्वार्थका निम्ति अलिक बढी नै लगाव देखाएका छौँ: प्रचण्ड

न्युज कारखाना

न्युज कारखाना

हामीले व्यक्तिगत पद र स्वार्थका निम्ति अलिक बढी नै लगाव देखाएका छौँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।

पोष्टबहादुर बोगटीको ७औँ स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलिक बढी नै लगाव देखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले आफ्नो पार्टी यसबीचमा कहीँ न कहीँ आफ्नो उद्देश्यबाट विचलित भएको पनि उल्लेख गरे । ‘वर्ग, उत्पीडित जाति समुदायका निम्ति जसरी सम्पूर्ण रूपले समर्पित भएर आफ्नो व्यक्तिगत हित स्वार्थलाई त्याग गरेर बलिबेदीमा हामी होमिन हिँड्थ्यौँ । लडाइँको मोर्चामा जान पाऊँ भन्ने हुन्थ्यो तर आज त्यस्तो छैन । आज हामीले व्यक्तिगत पद र स्वार्थका निम्ति अलिक बढी नै लगाव देखाएका छौँ', प्रचण्डले भने, 'गुट बनाउनेतिर जाँगर देखाएका छौँ । पार्टी बनाउने होइन, गुट बनाउनेतिर फाइदा हुन्छ भनेर सोच्ने प्रवृत्ति देखिएको छ । पार्टीको क्रान्तिकारी चरित्र विस्तारैविस्तारै स्खलित हुँदै अरू बुर्जुवा पार्टी जस्तै हुने दिशातिर गइराखेको छ ।’

पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक संरचना निर्वाचन निर्देशिका, निमयवाली, विधि, पद्धति विकास गरेर चल्नुपर्ने उनले बताए । ‘हामी एउटा विशाल पार्टी हौँ । नेता कार्यकर्ताको संख्याको कुरा गर्ने हो भने, आन्दोलनमा समर्पण र भावनाको कुरा गर्ने हो भने अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक विशाल पार्टी हो । यसको तुलना अरूसँग हुँदैन’, उनले भने, ‘आन्दोलनमा जाने जुर्मुराएर उठ्ने पार्टी नेता, कार्यकर्ता यसै पार्टीमा छन् ।'

उनले ५ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्दै त्यसका विरुद्ध आन्दोलनको नेतृत्व गरेको दाबी पनि गरे । 'क्रान्ति भनेपछि अहिले पनि त्यसरी नै लाखौँको संख्यामा सडकमा आउन तयार रहेछन् । हामी अलिअलि बिग्रियौँ भनेर ठानेको तर जनता बिग्रेका रहेनछन् । ग्रास लेभल कार्यकर्ता बिग्रेका होइनन् । जनता बिग्रेको होइन', उनले भने, 'माथि हामी नेताहरू, गुट गर्दै रमाउने हामी नेताहरू बिग्रेको सावित भयो । गलत बाटोतिर हाम्रा पाइला छन् । हामी सुधार्नुपर्छ भनेर जनताले भनिरहेका छन् ।’ 

देशको राजनीति दुर्घटनातिर जाँदै गर्दा धेरै ठूलो आन्दोलनबाट देशलाई रक्षा गर्ने, संविधान र परिवर्तनको एजेन्डाको रक्षा गर्ने, गणतन्त्र राष्ट्रको रक्षा गर्ने अभियानमा सफलता हात पारेको उनले बताए । ‘झन्डैझन्डै प्रतिगमनमा जाने हो कि भनेर देशमा राजनीतिक घटना भए र क्रान्तिका उपलब्धि धरापमा पर्ने हुन् कि भन्ने परिस्थितिबाट हामीले जोगाएका छौँ । नेपाली जनताले जोगाएका छन्’, उनले भने ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…