Khabarpato logo

         

राजनीति

१४ जना सांसद पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

न्युज कारखाना

न्युज कारखाना

१४ जना सांसद पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने शर्त तेर्स्याउँदै आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो । 

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ । 

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सूचना टाँस गर्नुभएको छैन । सूचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ’, प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यी २ वटा शर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रूपमा अवरोध गरिरहनेछ ।’ 

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन् । 

‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नुभएको छैन । अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनुभएको छैन्’, भट्टराईले भने, ‘संवाद र छलफलबाट उहाँ भागिरहनुभएको छ । सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नुभएको छैन ।’ 

संवैधानिक र कानुनी रूपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने उनको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…