Khabarpato logo

         

राजनीति

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित

खबरदाता

खबरदाता

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच लोकसेवा आयोग विधेयक, २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रियसभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित आएको, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको लोकसेवा आयोग विधेयक पेस गरेका थिए ।

विधेयकमाथिको छलफलमा कुनै सदस्यले भाग लिएनन् । बहुमतका आधारमा विधेयक राष्ट्रियसभाबाट पारित भएको हो । विधेयक पारित हुँदा एमालेका सांसदले उठेर अवरोध गरिरहेका थिए ।

बैठकले राष्ट्रियसभा पूर्वसदस्य रुक्मशम्शेर जबराको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक ३० भदौ बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यसअघि आजै बसेको पहिलो बैठकमा सभापति परशुराम नेगी गुरुङका तर्फबाट सदस्य खगेन्द्रप्रकाश पुरीले विधायन व्यवस्थापन समितिको लोकसेवा आयोग विधेयक, २०७५ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन पेस भएसँगै एमालेको अवरोधलाई मध्यनजर गर्दै अध्यक्ष गणेश तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । दोस्रो बैठकले अध्यादेश पारित गरेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…