Khabarpato logo

         

धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाए…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

खेलकुद

बंगलादेशविरुद्धको खेलकी १२औँ खेलाडी पुनमको मुटुमा समस्या

न्युज कारखाना

न्युज कारखाना

बंगलादेशविरुद्धको खेलकी १२औँ खेलाडी पुनमको मुटुमा समस्या

पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै गर्दा बंगलादेशविरुद्ध नेपाली महिला टोली १२ खेलाडीसहित मैदान उत्रियो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा १२ खेलाडी मैदान प्रवेश गर्दा मिडिया र दर्शक नै अचम्भित थिए । उपस्थित सबैले सोचे, अखिल नेपाल फुटबल संघ ‍(एन्फा)ले ‘फिफा विन्डोज’को मैत्रीपूर्ण खेलमा ठूलो बदनामी कार्य गर्‍यो । 

अझ फिफा फोर्थ रेफ्रीले ठूलो गल्ती गरिन् । खेल अगाडि खेलाडी संख्या गणना गर्न भुलिन् । खेलको प्रत्यक्ष प्रसारण हेरिरहेका दर्शक तथा शुभचिन्तकसमेत अचम्मभित थिए । 

भ्रमणकारी बंगलादेश र नेपालको राष्ट्रगानसम्म नेपाली टोली १२ जना खेलाडीसहित मैदानमा थियो । जब राष्ट्रगान समाप्त भयो, तब सुरुवाती ११ बाहिर रेहेकी डिफेन्डर पुनम जर्घा मगर मैदानबाट बाहिर निस्किइन् । 

नेपाली बेन्चमा रहेका प्रशिक्षक, प्रशिक्षक स्टाफ, अफिसियल र बाँकी खेलाडीले पुनम बाहिर निस्कँदा मज्जाले ताली पिटिरहेका थिए । पूरा टिमको यो सम्मान पुनमप्रति थियो । पुनमसमेत मुस्कुराउँदै मैदान बाहिर निस्किइन् । 

सबैलाई लागेको थियो, यो एन्फाको ठूलो खेलाँची हो । यसअघि नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा कडा सुरक्षा व्यवस्था गरेको एन्फाले किन यतिको लापरबाही गरेको होला ? सबैलाई लाग्न सक्छ । तर, भित्री रहस्य भने निकै दुखद् रहेछ । पुनम खेल जीवनकै कठिन मोडमा रहिछन् । 

बंगलादेशसँगका २ मैत्रीपूर्ण खेलअघि एन्फाले फिफा नियमअनुसार सम्पूर्ण महिला खेलाडीलाई फिफा ‘प्रि-कम्पिटिसन मेडिकल एसेसमेन्ट (पीसीएमसी)’ खेलअघिको स्वास्थ परीक्षण गराएको थियो । पीसीएमसीको रिपोर्टअनुसार पुनमले अब केही समय मैदान छाड्नुपर्ने हुन्छ । त्यो कति समयको हुनेछ ? अझै निश्चित छैन । शुक्रबार दोस्रो पटक पुनमको पीसीएमसी गरिनेछ । त्यसपछि मात्र उनको मैदानबाहिर कति समय बस्ने वा खेल नै छाड्नुपर्ने हो ? बल्ल यकिन हुनेछ । 

एन्फाले गराएको पीसीएमसी रिपोर्टअनुसार पुनमको मुटुमा समस्या छ । उनको मुटुमा प्वाल देखिएको छ, जसका कारण पुनमलाई तत्काल डक्टरले नखेल्न आग्रह गरेका छन् । 

सन् २०२० को युरो कपमा पनि यस्तै देखिएको थियो । समूह 'बी'अन्तर्गत डेनमार्क र फिनल्यान्डको खेल जारी थियो । खेलको ४३ मिनेटमा घरेलु टोलीका मिडफिल्डर क्रिष्टियन इरिक्सन मैदानमा ढले । हृदयघातका कारण मैदानमा ढलेका क्रिष्टियनले प्राथमिक उपचारपछि जीवन भने जिते । तर, करिब ३ महिना भइसक्दा उनी मैदान प्रवेश गर्न सकेका छैनन् । 

बारम्बारका यस्ता घटनापछि फिफाले आफ्ना सदस्य राष्ट्रलाई खेलअघि आफ्ना खेलाडीको स्वास्थ्य उपचार गराउन निर्देशन दिएको छ । फिफाको निर्देशन पालना गरेको एन्फाले सो घटना नेपालमा भने दोहोरिन दिएन । यदि पुनम स्वास्थ्य परीक्षण नगरी मैदान प्रवेश गरेको भए बिहीबार मैदानमा के हुन्थ्यो ? कसैले अनुमान गर्ने कुरा थिएन ।

पुनमलाई डाक्टरले तत्काल नखेल्न आग्रह गरेसँगै टिमले उनको मनोबल उच्च बनाउन १२औँ खेलाडीको रूपमा मैदान प्रवेश गराएको थियो । टिमका साथी र प्रशिक्षकले पुनमलाई पुनः त्यही अवस्थामा फर्कन प्रेरणा दिँदै मैदान प्रवेश गराएका थिए । 

‘पीसीएमसी रिपोर्टपछि पुनमको मुटुमा केही समस्या भएको पाइयो । डाक्टरले उसलाई तत्काल नखेल्न भनेका छन्’, महिला विभाग प्रमुख तथा पूर्व मुख्य प्रशिक्षक हरि खड्काले भने । पुनमको मनोबल बढाउन १२औँ खेलाडीको रूपमा उनलाई मैदानमा पठाएको उनले बताए ।

‘रिपोर्टपछि हामीले बंगलादेशविरुद्ध उनलाई खेलाउन नसक्ने भयौँ । उनको मनोबल बढाउन हामीले मैदान पठाएका हौँ । बाँकी समयमा पनि पुनरागमन गरेर खेल्न सक्छ, यसरी फेरि खेल्नुपर्छ भनेर मैदान प्रवेश गराएका हौँ’, मैत्रीपूर्ण खेलमा टोली अफिसियलका रूपमा रहेका खड्काले भने । 

विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने पुनमले डाक्टरलाई अभ्यास र यसअघिका खेलमा खेल्दा कुनै पनि समस्या नभएको बताएकी थिइन् । टोलीका सदस्यअनुसार डाक्टरले पुनमको बच्चैदेखि मुटुको समस्या रहेको बताएका थिए । तर, पुनमले अहिले आफ्नो मुटुमा कुनै समस्या भएको महसुस गरेकी भने छैनन् । 

आधा दशकयता राष्ट्रिय टोलीको नियमित सदस्य रहेकी पुनम सेन्टर डिफेन्डर हुन् । विराटनगरमा भएको साफ च्याम्पियनसिपमा सेट पिसमा अगाडि बढ्दै पुनमले श्रीलंकाविरुद्ध नेपाललाई १-० को अग्रता दिलाएकी थिइन् । पुनमको यो राष्ट्रिय टोलीबाट पहिलो गोल थियो । 

नेपालले बिहीबार बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । नेपालको जीतमा दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । दोस्रो खेल आइतबार हुनेछ ।

ताजा

सबै

माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमा…

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभ…

प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्ट…

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्र…

लोकप्रिय

सबै

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पक…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घु…

यो पनि

ब्रिगेड ब्वाइजको खर्च करोड माथि

ब्रिगेड ब्वाइजको खर्च करोड माथि

रमेश सुवेदी २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुव…

उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टाइनमै विश्राम

उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टाइनमै विश्राम

एएफसी महिला एसिया कप, २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वे…

कोरोनापछि चलायमान बन्दै  खेलकुद क्षेत्र, यी खेल हुँदै

कोरोनापछि चलायमान बन्दै खेलकुद क्षेत्र, यी खेल हुँदै

रमेश सुवेदी गत वैशाखमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) क…

दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने यी हुन् ३ खेलाडी

दोस्रो मैत्रीपूर्ण खेलमा डेब्यु गर्न सक्ने यी हुन् ३ खेलाडी

रमेश सुवेदी दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश आज (आइतबार) साँझ ५ बजे भिड्दै…