Khabarpato logo

         

धितोपत्र बोर्डको प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीलाई

नेपाल धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्व गर्ने जिम्मेवारी निरज गिरीले पाए…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

प्रुडेन्सियल इन्स्युरेन्सको शेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्युरेन्सको संस्थापक शेयर …

अपराध

१७ वर्षमा भएका ६ वटा कहालीलाग्दा पारिवारिक हत्याकाण्ड

न्युज कारखाना

न्युज कारखाना

१७ वर्षमा भएका ६ वटा कहालीलाग्दा पारिवारिक हत्याकाण्ड

संखुवासभाको मादी नगरपालिका- १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् ।

८९ वर्षीय बौद्धमान कार्की मात्र जीवित भेटिएका छन् तर उनलाई यो हत्या कसले र के प्रयोजनका लागि गर्‍यो भन्ने थाहै छैन । प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान थाले पनि घटना किन र कसले गरायो भन्ने खुल्न सकेको छैन । संखुवासभाको यो घटना पारिवारिक हत्याको पहिलो घटना भने होइन । 

२ परिवारका ९ जनाको हत्या

६ जेठ २०७६ मा पाँचथरको मिक्लाजुङ गाउँपालिका- ३ आरुबोटेमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । सो घटनामा एक बालिका घाइते भएकी थिइन् । एकै परिवारको ५ र अर्को परिवारका ४ गरी ९ जनाको हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । उक्त घटनामा संलग्न भनिएका मानबहादुर मोखिम २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनाबारे हाल पनि अनुसन्धान जारी छ । 

सामान्य विवादमा परिवारकै सदस्यवाट जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये ४० प्रतिशत आफन्तबाटै भएका छन्  । संखुवासभाको घटनामा परिवारका सदस्यको संलग्नता छ/छैन भन्ने खुलेको छैन । तर, विगतमा परिवारकै सदस्यबाट भएका जघन्य हत्याले नेपाली समाज कता जाँदै छ भन्ने बहस खडा गरेको छ । 

नागरिकताका लागि परिवारकै हत्या 

२०७५ जेठमा सप्तरीको राजविराजमा सामान्य विवादमा परिवारकै हत्या भयो । राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो । सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेको पुष्टि भयो  । दाइले नागरिकता बनाउन सहयोग नगरेको रिसमा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए । 

भोजपुरका ३ बालबालिकाको हत्या रहस्यमै 

२०७४ असारमा भोजपुर अरुण- १ प्याउलीमा ३ बालबालिकाको हत्या भएको थियो । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव, चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र ८ वर्षीय छोरा प्रदीपको शव माछापोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धानमा सीआईबीबाट समेत टोली खटिए पनि सफलता हात लाग्न सकेको छैन ।

ज्वाइँसहित परिवारका ६ जनाको हत्या 

२३ फागुन २०६२ मा नेपालगंजका दीपक हेमकरसहित उनका परिवारका ५ सदस्य र एक जना कामदारको रहस्यमय हत्या भएको थियो  । घटनाको १३ वर्षपछि बल्ल हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । 

आफन्त नै संलग्न बडिखेल हत्याकाण्ड

१६ असोज २०६० मा दशैँको महाअष्टमीका दिन ललितपुरको बडिखेलमा भानु नगरकोटीसहित उनकी ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र ८ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । घटनाको १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भएको थियो । भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको प्रहरीले पुष्टि गर्‍यो । 

ताजा

सबै

माधव नेपाललाई होमसिक जस्तै एमालेसिक हुन्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमा…

मन्त्रिपरिषद् चाँडै विस्तार हुन्छ: माधव नेपाल

सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभ…

प्रचण्ड र माधवले पार्टी फुटाएको ओलीको आरोप

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्ट…

ओलीले माधवलाई भने: 'आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्र…

लोकप्रिय

सबै

कविताकृति 'निषेधाज्ञाका प्रतिबिम्बहरू' सार्वजनिक

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ६ जना साहित्यकारहरूको संयुक्त कवितासंग्रह &#…

'हात्तीजत्रो एमालेलाई बोको मात्र बनाए': महेश बस्नेत

प्रमुख प्रतिपक्षी नेकपा एमालेकेन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पक…

नेसनल माइक्रो फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामी बिक्री खुला

नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । सं…

बेलायती कम्पनीले मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घु…

यो पनि

मादी हत्यामा लोकबहादुर मात्र पक्राउ परेका छन्: नेपाल प्रहरी

मादी हत्यामा लोकबहादुर मात्र पक्राउ परेका छन्: नेपाल प्रहरी

संखुवासभाको मादी नगरपालिका- १ उम्लिङका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्याको…

एउटै चिर्पटले ६ जनाको हत्या गरेको लोकबहादुरले दिए बयान

एउटै चिर्पटले ६ जनाको हत्या गरेको लोकबहादुरले दिए बयान

मादी नगरपालिका-१ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ पर…

मादी सामूहिक हत्या : ५ दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त

मादी सामूहिक हत्या : ५ दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अभियुक्त

गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका- १ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको …

शान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक: सशस्त्र प्रहरी महानिरीक्षक खनाल

शान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक: सशस्त्र प्रहरी महानिरीक्षक खनाल

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सबैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति …