Khabarpato logo

         

कला/साहित्य

कमेडी च्याम्पियन शृंखला-२ : दु:ख लुकाएर दुनियाँ हँसाउँछन् कमेडियन सन्तोष

न्युज कारखाना

न्युज कारखाना

कमेडी च्याम्पियन शृंखला-२ : दु:ख लुकाएर दुनियाँ हँसाउँछन् कमेडियन सन्तोष

हिजोआज शुक्रबार र शनिबार आउन्नै हुँदैन, गोरखाको पालुङटार  नगरपालिका- ६ का ९३ वर्षीय कुलबहादुर थापा, उनकी श्रीमती ८६ वर्षीया नन्दकुमारी र ५६ वर्षीया बुहारी सीतालाई घडीको सुई जति सक्दो छिटो घुमेर ९ बजिदिए हुन्थ्यो जस्तो लाग्छ । 

कारण- ‘अहिले प्रत्येक शुक्रबार र शनिबार राती ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन सिजन- २’ आउने गर्छ ।’

उनीहरू कमेडी खासै बुझ्दैनन्, कमेडी च्याम्पियन भनेको के हो ? अझै राम्ररी बुझेका छैनन् । तर, पनि कार्यक्रम नहेरी उनीहरूलाई शुक्रबार र शनिबार राती निद्रै लाग्दैन । 

उनीहरूका नाति/छोरा गोर्खाली कमेडियन (सन्तोष थापा) ‘कमेडी च्याम्पियन सिजन- २’ का प्रतिस्पर्धी हुन् । त्यसैले शुक्रबार सन्तोषलाई टिभीमा हेरेपछि मात्र उनीहरू आरामले निदाउने गर्छन् ।

सन्तोषकी आमा भन्छिन्, ‘सन्तोषको हजुरबुबा र हजुरआमा दुवै जना वद्धवृद्धा भइसक्नुभयो । हजुरबुबाले एउटा आँखा देख्नुहुन्न । कान अलिअलि सुन्नुुहुन्छ । दुवै जना नातिलाई टीभीमा हेर्न मन लागेर होला जतिखेरै आज के बार हो ? भनेर सोधिराख्नुहुन्छ । शुक्रबार त हामी छिट्टै खाना खाएर टिभी हेर्न थाल्छौँ ।’ सन्तोष अहिले ‘च्याम्पियनको उत्कृष्ट ४'मा पुगेका छन् । उनी ‘टप थ्री’मा पुग्ने बलियो प्रतिस्पर्धी हुन् ।

कहिल्यै खुलेर हाँस्न नसकेका सन्तोषले सबैलाई हँसाउन थाले

दिदीहरू शान्ता, सरिता र दाजु शिवपछि सन्तोष जन्मिए । उनी घरका कान्छो छोरा हुन् । उनको बाबु (तिलकबहादुर)ले लामो समय भारतमा काम गरे । त्यहीँको कमाइले उनीहरूको घर खर्च चल्थ्यो । २०५४ सालमा सन्तोष जन्मिए । तिलकबहादुरमाथि अर्काे जिम्मेवारी थपियो । अनि, धन कमाएर छोराछोरी र परिवारलाई सुख दिने आसमा २०५८ सालउनी मलेसिया हिँडे । 

तर, दुुर्भाग्य ! सन्तान र परिवारको उज्ज्वल भविष्यको झिनो आश बोकेर विदेशिएका उनी उतै विलीन भए । सपना बोकेर जहाज चढेका उनी, लास बनेर फर्किए । ४ वर्षकै उमेर हुँदा सन्तोषले बाबु गुमाए । २०६४ मंसिरमा तिलकबहादुरको मलेसियामै मृत्यु भयो । सन्तोषले राम्रोसँग बाबुको माया र स्नेह महसुस गर्नसमेत पाएनन् । 

‘कान्छो (सन्तोष) सानै थियो, उहाँ बित्नुभयो । बाबुसँग खेल्ने, रमाउने त परको कुरा, उसले त बाउलाई राम्ररी देख्न पनि पाएन’, सन्तोषकी आमा विगत सुनाउँछिन् । सँगै जिउने, सँगै मर्ने कसम खाएका श्रीमान् सुनौलो भविष्यको कल्पना गरेर धन कमाउन विदेशिए तर त्यसपछि कहिल्यै फर्केर आएनन् । 

श्रीमान्‌को  मृत्युपछि परिवारको सबै जिम्मेवारी सीताकै काँधमा आयो । सबै सन्तान सानै थिए, सासूससुरालाई बुढेसकालले छोइसकेको थियो । खासै काम गर्न सक्दैनथे । 

जीवनसाथीको साथबाट सदाका लागि एक्लिएपछिको पीडा र त्यसपछिका समस्या सम्झँदा हिजोआज पनि सीताका आँखा रसाउने गर्छन् । उनी विगत सम्झँदै भन्छिन्, ‘उहाँको स्वर्गबास भएपछि छोराछोरी पढाउने, हुर्काउने, सासूससुरा स्याहार्ने सबै आफैँले गर्नुपर्ने भयो । मेलापात, खेती किसानी गरेरै हुर्काएँ । धेरै दुःख गरेँ, त्यो दिन सम्झँदा अझै विरक्त लाग्छ ।’

अहिले २ छोरी र जेठो छोराको बिहे भइसक्यो । जेठो छोरा वैदेशिक रोजगारीका लागि बहराइनमा छन् । सन्तोष कमेडी च्याम्पियनमा गएपछि ‘पपुलर’ भइसके । उनको कमेडी हेरेर गाउँका सबैले प्रशंसा गर्छन् । जब छोराछोरीको प्रगतिमा अरूले प्रशंसा गर्न थाल्छन्, सीता खुसीले गद्‌गद् हुन्छिन्, रमाउँछिन् ।

‘अहिले त गाउँका सबैले कमेडी च्याम्पियनको आमा भन्छन् । खुसी लाग्छ, छोरा फस्ट भइदिए हुन्थ्यो । भगवान्‌सँग कामना गरेकी छु, सबैको सधैँ राम्रो होस्’, खुसी हुँदै उनले भनिन् ।

नेपाल प्रहरीको जागिर, टिक्न नसकेको खुसी

सामान्य परिवारमा जन्मिएका सन्तोषलाई उनकी आमाले दुःखसुख गरेर गाउँकै स्कुलमा कक्षा १२ सम्म पढाइन् । २०७१ सालमा कक्षा १२ को परीक्षापछि सन्तोष कम्प्युटर सिक्न काठमाडौं गए । जेठी दिदीकोमा बसेर कम्प्युटर सिके । 

कक्षा १२ को परीक्षाफल आयो, उनी पास भए । सन्तोषले सानैदेखि आमाको दुःखलाई बुझेका थिए । १२ पास गरिसकेपछि अब कुनै जागिर खानुपर्छ, आमालाई सुख दिनुपर्छ भन्ने लाग्यो । नेपाल प्रहरीमा प्रयास गरे । १५ भदौ २०७३ मा उनी नेपाल प्रहरीमा छनोट भए । उनी ‘लाहुुरे’ बने । तालिम सकेर ड्युटी गर्न थाले । सन्तोष नेपाल प्रहरी भएकोमा परिवारका सबै सदस्य खुसी थिए । तर, उनको परिवारको यो खुसी पनि लामो समयसम्म टिक्न सकेन । 

नेपाल प्रहरीमा भर्ती भएको ३ वर्ष नबित्दै सन्तोष बिरामी भए । ‘प्रहरीमा जागिर खाएको ३ वर्ष नबित्दै कान्छोलाई (सन्तोषलाई) ढाडको समस्या आयो । बेस्सरी बिरामी पर्‍यो । ५-६ महिना त ओछ्यानको ओछ्यानमै बस्नुपर्‍यो अनि जागिर पनि छाड्नुपर्‍यो’, सन्तोषकी आमा सीता भन्छिन् ।

त्यसपछि कमेडी च्याम्पियनमा केन्द्रित

बिरामी भएर प्रहरीको जागिर छाडेपछि सन्तोष फेरि काठमाडौं गए । दिदीको पसल थियो, उनी सहयोग गर्न थाले । एक पटक हात पारेको खुसीलाई गुमाएका सन्तोषको दिनचर्या दिदीको काममा सहयोग गरेरै बित्न थाल्यो । यतिकैमा ‘कमेडी च्याम्पियन सिजन- २’ सुरु हुुने कुरा थाहा पाए । 

सन्तोष ‘कमेडी च्याम्पियन सिजन- १’ खुब हेर्थे । उनी सानैदेखि कमेडियन स्वभाव भएकाले पनि होला, कमेडी भन्नेबित्तिकै उनलाई रमाइलो लाग्थ्यो । अनि, ‘सिजन- २’मा भाग लिने सोच बनाए । आवश्यक प्रक्रिया पूरा गरे र भाग लिए । ‘म सानैदेखि स्कुलमा पनि क्यारिकेचर गर्थें, रमाइलो गर्नुपर्छ भन्ने लाग्थ्यो । सिजन- १ त पूरै गरेको छु अनि सिजन- २ सुरु हुने थाहा पाएपछि भाग लिऊँलिऊँ लाग्यो । अहिले यो ठाउँमा आइपुगेको छु’, उनी भन्छन् ।

ताजा

सबै

जोकोभिचको अस्ट्रेलिया निर्वासनविरुद्धको अपिल अस्वीकार

संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अस्ट्रेलियाबाट निर्वासनबाट बच्नका लागि गरेको म…

पीएम कप टी- २०: सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी- २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताम…

कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीम…

नेपाल-बेलायत श्रम वार्ता : एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भए…

लोकप्रिय

सबै

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न दलहरूको सुझाव

निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै स…

च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना

शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ…

नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । …

नाटो प्रमुखद्वारा रुससँगको वार्ताका बारेमा ईयू देशका रक्षामन्त्रीहरूलाई जानकारी

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा भएको गठबन्धन…

यो पनि

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल ?’

‘पुष्पा’ सिक्वेलमा को बन्ला ‘आइटम गर्ल ?’

साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट फिल्म फिल्म पुष्पाः द राइजले नियमित रूपमा बक्स अ…

‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा दबंगको हरेक सिक्वेल फ्यान र दर्शकका लागि म…

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउन…

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

म्युजिक खबरको सम्मान तथा पुरस्कार घोषणा

गीतकार राजेन्द्र थापालाई नवौँम्युजिक खबर म्युजिक अवार्ड, २०२१ मा दीर्घ साधना सम्मान प्र…