Khabarpato logo

         

मैलुङ खोला जलविद्युतले जारी गर्दै ७ लाख ३६ हजार कित्ता आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ जारी गर्ने भएको छ । १४…

मध्य भोटेकोसी जलविद्युत्‍को आईपीओ खुला

मध्य भोटेकोसीजलविद्युत कम्पनीले आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लाग…

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

तेह्रथुम पावर कम्पनी लिमिटेडले ५ साउनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लाग…

राजनीति

देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसद कारबाहीको निशानामा

खबरदाता

खबरदाता

देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसद कारबाहीको निशानामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेको छ । 

देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

५ साउनको मिति राखेर पठाइएको पत्रमा पार्टीको निर्णयविरुद्धमा आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भन्ने प्रश्न गरिएको छ । 

३ साउनमा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये नेता नेपाल खेमाका १४ र ओली खेमाका ८ जनाले पक्षमा मतदान गरेका थिए । उनीहरूलाई कारबाही नगरे एमाले पार्टी नरहने भन्दै अध्यक्ष ओलीले ४ साउनको केन्द्रीय कमिटी बैठकमा भनेका थिए । 

स्पष्टीकरणपत्रमा पार्टी विधानको धारा ४९ (क), १, २, ३, ४, ५, ६, ७ र ४९ (च)  विपरीत अनुशासनहीन गतिविधि गरेको, पार्टीको मर्यादामा आँच पुर्‍याएको र पार्टी निर्णय र निर्देशनविपरीत आफ्ना क्रियाकलाप जारी राखेकाले पार्टीबाट किन नहटाउने ? भन्ने प्रश्न गरिएको छ । 

२४ घण्टाभित्र जबाफ नदिएमा वा जबाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गरिने चेतावनी एमालेले दिएको छ । स्पष्टीकरण सोधिएका सांसदहरूले पार्टीको चेतावनीका बाबजुद पार्टीको विपक्षमा र पार्टी विधानविपरीतको क्रियाकलापलाई निरन्तरता दिइरहेको आरोप लगाइएको छ । 

प्रधानमन्त्री देउवालाई एमालेका सांसदहरू माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पार्टीको निर्देशनविपरीत विश्वासको मत दिएका थिए ।

ताजा

सबै

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्…

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन …

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफा…

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकुसैनिकहरूलाई इराकबा…

लोकप्रिय

सबै

CIA may deploy 'China Specialist' to effectively compete with China: Director Burns

Central Intelligence Agency (CIA) director William Burns has said that China is…

NC office-bearers meet

A meeting of the existing and former office-bearers of the ruling Nepali Congre…

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउन…

बालकृष्ण लामिछानेको गजल

अझै के के भनूँझैँ बात कस्तो हो ? पिएको प्यार तिम्रो मात कस्तो हो ? अनौठो सक्सकीले झक्…

यो पनि

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

डा. विश्व पौडेल योजना आयोगका उपाध्यक्ष

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्…

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जसपा संसदीय दलका नेता चयन गर्न ३ सदस्यीय समिति

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन …

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफा…

उच्चअदालतले पनि दियो पूर्वसभामुख महरालाई सफाई

उच्चअदालतले पनि दियो पूर्वसभामुख महरालाई सफाई

संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णब…