Khabarpato logo

         

सं‌सार

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत: जर्ज डब्ल्यू बुस

एजेन्सी

एजेन्सी

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत: जर्ज डब्ल्यू बुस

पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गर्ने निर्णय गलत भएको बताएका छन् । उनले वर्तमान राष्ट्रपति जो बाइडेनले लिएको अफगान नीतिको पनि आलोचना गरेका छन् ।

कट्टरपन्थी तालिबान अफगानिस्तानको राजधानी काबुलतर्फ अघि बढ्दै गरेका बेला बुसको यस्तो टिप्पणी आएको हो । स्थिति यस्तै रहे तालिबानले चाँडै अमेरिका समर्थित अफगानिस्तान सरकार बिस्थापन गरिदिने उनको चिन्ता छ । 

देशका कयौँ जिल्ला तालिबानले कब्जामा लिइसकेको छ भने छिमेकी देशको सीमामा रहेका चौकीहरू पनि तालिबानको कब्जामा छन् । यसबाट अफगान सरकार निरन्तर कमजोर हुँदै गएको बीबीसीले उल्लेख गरेको छ ।

बुस प्रशासनले सन् २००१ मा अफगानिस्तानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो । सो अभियान मुख्यतः तालिबानको तानाशाहीविरुद्ध केन्द्रित थियो । अहिले अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कन थालेको छ र त्यहाँ पुनः तालिबान जुर्मुराएको बताइएको छ ।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले पनि तालिबानमा लगातार बिग्रिँदै गरेको सुरक्षास्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । तालिबानले ८५ प्रतिशत भूभाग कब्जामा लिएको दाबी गरेको छ । त्यहाँका ४०७ जिल्लामध्ये १९५ जिल्ला अहिले पूर्णतः तालिबानको कब्जामा छन् । थप १२९ जिल्ला कब्जा गर्नेतर्फ तालिबान बढिरहेको छ ।

यस्तो स्थिति निम्तिँदा पनि अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने गतिमा कुनै परिवर्तन देखिएको छैन । अमेरिकी प्रशासनका अनुसार सोमबार पनि अमेरिकी सैनिकको एउटा ठूलो जत्था अफगानिस्तानबाट फर्किएको छ ।

अमेरिकाले यसअघि नै ३१ अगस्टसम्ममा अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लैजाने जनाएको थियो । अघिल्लो बिहीबार ११ सेप्टेम्बरको हमलाको स्मरण दिवसका दिन पनि अमेरिकी राष्ट्रपति बाइडेनले अफगान सैन्य अभियान पूर्णतः समाप्त गर्ने बताएका थिए । 

यसअघि एक भाषणमा बाइडेनले तालिबानले पूरै अफगानिस्तान कब्जा गर्ने र सरकार चलाउने संभावना निकै कम भएको दाबी गरेका थिए । ७५ हजार तालिबान लडाकुले ३ लाख अफगान सेनालाई हराउन नसक्ने उनले तर्क गरेका थिए ।

पूर्व राष्ट्रपति बुसले अफगानिस्तान अभियान क्रममा अमेरिकालाई सहयोग गरेका दोभाषेलाई सुरक्षा प्रदान गर्न बाइडेन प्रशासन चुकेको र अब उनीहरूलाई विशेष प्रवेशाज्ञा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…