Khabarpato logo

         

अर्थ/वाणिज्य

मनकामना स्मार्ट लघुवित्तको आईपीओबाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

खबरदाता

खबरदाता

मनकामना स्मार्ट लघुवित्तको आईपीओबाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथामिक शेयर आज बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सोमबार बिहान ९ः३० बजे शेयर बाँडफाँट गरेको हो ।

१७ असारदेखि २१ असारसम्म आवेदन खुलाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निश्कासन गरेको थियो । त्यसमा ०.५ प्रतिशत शेयर कर्मचारीलाई ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्तामा सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

सोहीअनुसार आईपीओमा १९ लाख ५४ हजार २७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन परेको थियो भने तीमध्ये ३२ हजार ८ सय ५९ आवेदकबाट परेको ४ लाख ३० हजार ७१० कित्तालाई शंकास्पदमा राखिएको छ । ती शंकास्पदमध्ये २ हजार ७५३ आवेदकबाट परेको ३७ हजार ९२० कित्तालाई बदर गरिएको छ ।

एनएमबी क्यापिटलका अनुसार १९ लाख ५१ हजार ५२१ आवेदकबाट परेका कुल २ करोड ५० लाख ९५ हजार ३७० कित्ता सदर भएका छन् । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । यसअनुसार ३६ हजार ३४९ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । तीमध्ये १० कित्ताभन्दा बढी आवेदनमध्येबाट गोलाप्रथाबाट २ दुई जनाले थप १/१ कित्ता शेयर पाएका छन् ।

आईपीओ नतिजा सीडीएससीको आईपीओ रिजल्ट डट सीडीएससी डटएनपीमा गएर अथवा एनएमबी क्यापिटल वेबसाइटमा गएर हेर्न सकिन्छ । यससँगै नतिजा मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…