Khabarpato logo

कला/साहित्य

रहेनन् अभिनेता दिलीप कुमार

एजेन्सी

एजेन्सी

रहेनन् अभिनेता दिलीप कुमार

हिन्दी सिनेमाका प्रसिद्ध अभिनेता दिलीप कुमारको निधन भएको छ । उनलाई गत महिना स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारको निधन भएको हो ।

दिलीप कुमारको निधनको खबरले बलिउडको चलचित्र जगत् शोकमा डुबेको छ ।

गत वर्ष दिलीप कुमारका २ भाइ ८८ वर्षीय असलम खान र ९० वर्षीय एहसान खानको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

दिलीप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा पाकिस्तानमा भएको थियो । उनको नाम पहिला युसुफ खान थियो पछि उनले पर्दामा दिलीप कुमारको नामबाट ख्याती कमाए ।

दिलीप कुमारको सुरुवाती पढाइ नासिकमा भयो । पछि उनले फिल्महरूमा अभिनय गर्ने निर्णय लिए । र, सन् १९४४ मा रिलिज भएको फिल्म ज्वारभाटादेखि डेब्यू गरे । सुरुवाती फिल्म नचले पनि अभिनेत्री नूर जहाँ र उनको जोडी धेरैले मनपराए । 

जुगनू दिलीप कुमारको पहिलो हिट फिल्म हो । दिलीपले लगातार कैयौँ हिट फिल्म दिएका छन् । उनको फिल्म मुगल-ए-आजम त्यसबेला सबैभन्दा बढी कमाइ गरेको फिल्म थियो । अगस्ट १९६० मा रिलिज भएको सो फिल्म त्यसबेलाको सर्वाधिक महँगो लागतमा बनेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि