Khabarpato logo

कला/साहित्य

न्यायिक अन्याय

घनेन्द्र ओझा

घनेन्द्र ओझा

न्यायिक अन्याय

तुसारोले छोपिएको बिहान
शीतले भिजेको मिर्मिरे
भुइँकुहिरोले लुकाएको शहर
अभावले कुप्रिएको शरीर
- यी सबै भोगाइ हुन् 
- यी सबै देखाइ हुन्
र, यथार्थ हुन् मेरो वर्तमानका !

चिहानबाट उठेको विद्रोह
श्मसानबाट जङ्गिएको चेतना
कोमाबाट उचालिएको अधिकार
सबैसबै किन छन् यति निरीह आज ?

निस्फिक्री उडिरहेको परेवा
किन छ निशानामा ?
मस्तले खेलिरहेको शिशुको
अबोध र निश्छल अनुहारमा
किन छ भयाक्रान्त मनोदशा?
किन ठाडो गरेर हेर्न सक्दिन
एउटी युवती/नारी
- मान्छेकै अनुहारमा ?

के पसेको छ अचेल बस्तीमा
यति भयङ्कर
यति आतङ्कपूर्ण
यति विद्रुप
यति आपराधिक ?

मुस्कुराउन किन डराउँछ फूल ?
किन फक्रन मान्दैन कोपिला ?
किन चुँडिन्छन् निर्मलाहरू अनायास ?
लुटिन्छन् किन कोमल शरीरहरू- जल्लादबाट ?
किन मारिन्छन् गीता ढकालहरू
आफ्नै आधा अंश अर्थात् रन्जनहरूबाट ?

र, अन्यायको चाङ बोकेर
किन हाँसिरहन्छ न्यायालय ?
किन हत्या हुन्छ न्यायको यसरी
- न्यायमूर्तिहरूबाटै ?

भन्नुहोस्- म कतिन्जेल विश्वास गरिरहुँ
- न्यायिक अन्यायमा ?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि