Khabarpato logo

         

खेलकुद

सोनिया भट्टले पाइन् टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड

खबरदाता

खबरदाता

सोनिया भट्टले पाइन् टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक- २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।

यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएका हुन् ।

पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएका हुन् ।

सोनियाले ४८ किलोमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् ।

नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले सन् २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ किलोमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।

सन् २०१९ मा मोरक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जीत निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएकी हुन् ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौँ खेलाडी भएकी छन् । यसअघि जुडोबाट सन् १९८८ मा भएको सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै, चीनको बेइजिङ ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपूह्लामु खत्रीले सहभागिता जनाएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …