Khabarpato logo

         

राजनीति

सांसद थापाको पद गयो, सर्वोच्चले दियो यस्तो आदेश

खबरदाता

खबरदाता

सांसद थापाको पद गयो, सर्वोच्चले दियो यस्तो आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश सुनाएको हो ।

थापालाई उनको दल राष्ट्रिय जनमोर्चाले निश्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख नेत्रनाथ अधिकारीले उनको पद रिक्त रहेको भनी प्रदेशसभा बैठकमा जानकारी गराएका थिए । थापाले आफूलाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए । 

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापाको सांसद पद थमौती गर्ने अन्तरिम आदेश दिएको थियो ।

उक्त अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालय पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए । पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले थापालाई राष्ट्रिय जनमोर्चाले पछि पनि कारबाही गरी उनको पद खारेज भइसकेकाले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको हो ।

सर्वोच्चको अन्तरिम आदेशपछि थापाले पुन: राष्ट्रिय जनमोर्चाले जारी गरेको ह्वीप उल्लंघन गर्दै २७ जेठमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदा तटस्थ बसेका थिए । त्यसपछि जनमोर्चाले पुन: निश्कासनको कारबाही गरेपछि प्रदेशसभा सचिवालयले पनि उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…