Khabarpato logo

         

अर्थ/वाणिज्य

४२.२४ अंकले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित

खबरदाता

खबरदाता

४२.२४ अंकले बढ्यो नेप्से, लगानीकर्ता उत्साहित

नेप्से परिसूचक ऐतिहासिक विन्दुमा पुगेर बन्द भएको छ । सोमबारको कारोबारमा ४२.२४ अंकले बढेर नेप्से परिसूचक उच्च विन्दु ३०२५.३४ अंकमा बन्द भएको छ ।

आज ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँमा कारोबार भएको छ । ११२ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ साथै १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

आज लगानीकर्ताले होटल एन्ड टुरिजम उपसमूह ४.२५ प्रतिशतले बढाएका छन् भने बैंकिङ सब इन्डेक्स २.७२ प्रतिशत, इन्भेष्टमेन्ट सबइन्डेक्स ३.३६ प्रतिशत र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सब इन्डेक्स २.२७ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयर मूल्य १० प्रतिशत सकारात्मक सर्किट लागेको छ भने अन्य एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सबैभन्दा बढी गुमाउने कम्पनीहरूमा माउन्टेन हाइड्रो नेपाल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, गुडविल फाइनान्स र ग्रिन लाइफ हाइड्रोपावर कम्पनी छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…