Khabarpato logo

         

राजनीति

कांग्रेस महाधिवेशन १६ भदौमा

खबरदाता

खबरदाता

कांग्रेस महाधिवेशन १६ भदौमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबारे चासो र चर्चा बढिरहेका बेला भदौमै महाधिवेशन गर्ने भएको छ । तर, अगाडि तोकिएको मितिभन्दा ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने १ महिना ढिला ६ साउनदेखि सुरु गर्ने बताइएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन भदौमै गर्ने बताएका थिए । पूर्वनिर्धारित मिति ७ असारदेखि वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेस गरेका छन् ।

स्रोतका अनुसार क्रियाशील सदस्यता छानबिनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ र यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानबिन सक्ने प्रस्ताव छ ।

त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र ६ साउनदेखि वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने १६ भदौदेखि १९ भदौसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…