Khabarpato logo

         

खेलकुद

युरोकप आजदेखि सुरु हुँदै, उद्‌घाटन खेलमा इटाली र टर्की भिड्ने

खबरदाता

खबरदाता

युरोकप आजदेखि सुरु हुँदै, उद्‌घाटन खेलमा इटाली र टर्की भिड्ने

युरोपियन च्याम्पियनसिपको १६औँ संस्करण युरोकप २०२० आज शुक्रबारदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष हुनुपर्ने उक्त प्रतियोगिता कोरोना महामारीका कारण १ वर्षपछि हुन लागेको हो  ।

यस प्रतियोगितामा कुल २४ टिमले प्रतिस्पर्धा गर्दै छन्, जसमध्ये ९ वटा टिम पूर्वविजेताको हैसियतमा छन् । पूर्वविजेता १० टिममध्ये ग्रिस मात्र यस पटक छनोट हुन सकेन ।

यस पटक ११ वटा देशमा हुन लागेको यस प्रतियोगिताको उद्‌घाटन खेल इटाली र टर्कीबीच रोममा हुनेछ भने फाइनल खेल ११ जुलाईमा लण्डनस्थित बेम्बलीमा हुनेछ ।

सन् २०१६ मा छनोट हुन नसकेका डेनमार्क र नेदरल्याण्ड्सले यस पटक पुनरागमन गरेका छन् ।

विश्लेषकहरूले प्रतियोगितामा सहभागी २४ मध्ये ८ वटा टिमलाई उपाधिको दाबेदारका रूपमा हेरेका छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारका रूपमा रहेका छन् ।

त्यस्तै, इंग्ल्याण्ड, एक पटकको विजेता इटाली र नेदरल्याण्ड्सलाई पनि उपाधिको दाबेदारकै रूपमा हेरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …