Khabarpato logo

         

बहस

प्रधानमन्त्री र राष्ट्रपतिलाई किन बिदा नगर्ने ?

खबरदाता

खबरदाता

प्रधानमन्त्री र राष्ट्रपतिलाई किन बिदा नगर्ने ?

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी ५ दलका नेताहरू सोमबार सर्वोच्च अदालत जाने भएका छन् । आइतबार सबै कागजात मिली नसकेकाले सोमबार 'फर्स्ट आवर'मा रिट निवेदन लिएर जाने निर्णय भएको नेताहरूले बताएका छन् । 

सम्बन्धित दलका सांसदहरूसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललगायत नेताहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भएका थिए । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद् विघटन गर्दै २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थामाथि आघात गरेको बुझाइमा दलहरूले पुनः न्यायालयको ढोका ढक्ढक्याउन लागेका हुन् ।

उता, आइतबार आफू निकट पत्रकारहरूको उपस्थितिमा प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (५)लाई राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने एउटा मात्रै ठाउँ भएको भन्दै त्यसमा उजुरी नलाग्ने दाबी गरे । उनले कानुनविद्, संविधानविद्, बहसमा उत्रिएका बौद्धिक वर्गले संविधानमा भएको व्यवस्थाको अपव्याख्या गरेर अन्यथा दाबी गर्नु उचित नहुनेसमेत बताए ।

संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेपछि अर्को कुनै विकल्प नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरू न्वारनदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको गलत प्रयोग गरेर अपव्याख्यामा उत्रिएको आरोप पनि लगाए ।

त्यसैगरी विपक्षी दलहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ताको तयारी गरिरहेको सन्दर्भलाई कोट्याउँदै 'ओलीले अब मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइ सच्चा नै हुन्छ' भन्दै धेरैले मोर्चा कसेर बल पुर्‍याएको अर्थ नहुने र न्यायलाई मोर्चाले, दबाबले प्रभावित गर्न नसक्ने ठोकुवा गरे । उनले राष्ट्रपतिले ठहर गर्दा दाबी नपुगेको देखेको जानकारी गराए । 

उनको भाषाशैली र हाउभाउले उनी सर्वशक्तिमान व्यक्ति र संविधान (जाबो ?) उनैको हातको खेलौना भएको जस्तो आभास हुन्छ । संविधानको सर्वोच्च व्याख्याता पनि उनले आफैँलाई सम्झेको झैँ लाग्छ । पछिल्लो समय उनको‌ कुनै पनि गतिविधि बहुदलीय व्यवस्था सुहाउँदो छैन । 

प्रतिस्पर्धाको आवरणमा उनले तानाशाही कुन्ठाको अभ्यास गर्दै छन् । यो मुलुक उनै एउटा व्यक्तिको मात्र भएझैँ गरी तुच्छ राजनीतिक दाउपेच चलाउन तल्लीन छन् । उनले यी र यस्ता खाले समस्याहरूलाई यसरी मजाकका रूपमा लिँदारहेछन् भन्ने सायद थोरैलाई मात्र जानकारी थियो । 

नेता ओलीले आफ्नो चातुर्यलाई प्रत्युत्पादक ढंगले लगानी गरेर देश र जनताको भविष्यलाई अन्धकारमय राजनीतिक दलदलमा घचेट्न लागेको विषय गम्भीर रूपमा नेपाली जनतासामु प्रस्तुत भइसकेको छ ।

आफ्नो पार्टीभित्र भएको भाँडभैलोलाई कोट्याउँदै ओलीले आइतबार पनि नेकपा एमाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै निर्लज्जताको सीमा नाघेको दोष लगाउन भ्याए । 'फूलको आँखामा, फूलै संसार, काँडाको आँखामा काँडै संसार' भनेझैँ ओलीले सबैलाई निर्लज्ज, ढिट एवं खुराफात देख्नु अनौठो होइन । 

हुनत नेता ओलीजतिको चलाखीपूर्ण राजनीतिक दाउपेच खेल्न सक्ने अर्को नेता वर्तमान नेपालमा देखिएको छैन । परन्तु, उनको धुर्तता मिश्रित चलाख्याइँले राष्ट्रको हित गर्नुको साटो राष्ट्रलाई कहिल्यै उठ्न नसक्नेगरी धरासायी बनाउने निश्चित जस्तै देखिएको छ । 

त्यस्तै, महामहिम राष्ट्रपति भण्डारीका पछिल्ला राजनीतिक कार्य व्यवहारले उनमा स्वतन्त्र रूपमा राष्ट्रपतीय दायित्व वहन गर्ने इमान्दारी देखिएन । राष्ट्रपति जस्तो देशको सर्वश्रेष्ठ व्यक्तिले आफ्नो पदको स्वतन्त्र मर्यादा कायम राख्न नसक्ने हो भने मुलुकका लागि त्योजति दुर्भाग्यपूर्ण केही हुन सक्दैन । 

त्यसैले अहिलेसम्म जे जस्तो भए पनि प्रधानमन्त्री ओलीका एकपछि अर्को चर्को बोली र व्यवहार हेर्दा उनलाई अरू थप अवधि प्रधानमन्त्री बनिरहन देश र जनताका निम्ति उपयुक्त नहुने महसुस जनताले गरिसकेका छन् । तसर्थ, संसद पुनर्स्थापना भए संसदभित्रबाट र संसद पुनर्स्थापित हुन नसके चुनाव या अन्य प्रकारका राजनीतिक दबाबबाट नेता ओलीलाई सत्ताबाहिर निस्कने दैलो देखाउनु अहिलेको मूलभूत आवश्यकता बनेको देखिएको छ । 

ओलीसँगै संविधानको संरक्षक मानिएकी, राष्ट्रकै अभिभावक ठानिएकी राष्ट्रपतिका पछिल्ला हरकदम पणरधानमन्त्रीका असंवैधानिक, अराजक, अवैधानिक कृत्यलाई अन्धाधुन्ध स्वीकृति दिने मात्र देखिएकाले मुलुक र जनताको अहितमा प्रधानमन्त्रीसँग मिलेमतो गर्दै बर्बादीतर्फ धकेलेको अभियोगसहित महाअभियोगमार्फत राष्ट्रपतिलाई पनि बिदा गर्न ढिला भइसकेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…