Khabarpato logo

कला/साहित्य

गरुड पुराण लगाउन मन छ शासकका नाममा

विभूति शर्मा

विभूति शर्मा

गरुड पुराण लगाउन मन छ शासकका नाममा

नजिकैबाट ओहोरदोहोर गरिरहेको छ
हरेक सेकेण्ड
मृत्युको कालो छाया
- अनिकाल
- रोग
- भोक
- त्रास
- असुरक्षा
- आतंक
- महामारी बनेर ।

सुरक्षित आवासमा
ढसमस्स बसेको छ
मेरो देशको शासक
- मानिसको कोकोहोलो सुन्दै
- जलिरहेका लासहरू हेर्दै ।

जनता मर्दै गर्छ
देश डुब्दै गर्छ
शासकलाई भर्नु छ आफ्नो भकारी
शासकलाई बनाउनु छ आफ्नालाई समृद्ध
'समृद्ध नेपाल, सुखी नेपाली'
बदल्नु छ- 'समृद्ध शासक, सुखी आफन्त'मा ।

कराइरहोस्- खान नपाउने
रोइरहोस्- लाउन नपाउने
चिच्याइरहोस्- उपचार नपाउने
मरिरहोस्- सद्भाव, सहयोग र सेवा नपाउने
- मेरो शासकलाई छुँदैन/छुनेछैन
- मेरो शासकलाई मतलब छैन/मन दुख्दैन ।

लाग्छ- 
मेरो शासक शासक होइन, शोषक हो
मेरो शासक मानव होइन, दानव हो
मेरो शासकसँग मुटु छ, मन छैन
मस्तिष्क छ, विवेक छैन ।

र त नसोच्नुपर्ने सोच आउँछ अनायास
नलाग्नुपर्ने 'मन' लाग्छ अनायास
- मलाई गरुड पुराण लगाउन मन छ शासकका नाममा ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि