Khabarpato logo

कला/साहित्य

बुबालाई चिठ्ठी

दुष्यन्त भट्टराई

दुष्यन्त भट्टराई

बुबालाई चिठ्ठी
कविता
छन्द: पन्चचामर

बुबा ! बुबा !! बुबा !!! बुबा !!!! भएँ म दूर हे बुबा !!
छ विश्व बन्द जेलझैँ म फर्कने त के कुरा ?
म देख्छु चित्रमा तिमी कुरेर बस्दछौ कतै 
म आउँदै थिएँ त्यतै तथापि अड्किएँ यतै ।१।

सुपुत्र ज्येष्ठ भेट्नको भएर चाहना अति
म दौडिएँ हतारमा उडेर वायुको गति
थियो सुयोजना छिटै फिरेर आउँला भनी
बुबा म के भनूँभनूँ कुराउँदै छ बैगुनी ।२। 

प्रभात त्यो उदाउँदै अवश्य भोलि आउँछ
मुहार हेर्न पाउँदा मुहार मुस्कुराउँछ
यही छ सत्य हे बुबा हतासभित्र आस छ
सदैव जिन्दगी बुबा हिमालझैँ छ खास छ ।३।

म झुक्न दिन्नँ जिन्दगी विषाणु कीट सामुमा
म बग्न दिन्नँ जिन्दगी नदी बनेर आँसुमा
म हार्न दिन्नँ जिन्दगी दुखोस् सहन्छु भै दुखी
म जित्छु जित्छु हे बुबा फिरेर आउँछन् खुसी ।४।

म मात्र पुत्र छैन है यहाँ हजार लाख छन्
बुबा तिमी समानका बुबा हजार लाख छन्
अगाडि बढ्छु हे बुबा सुभावना दिँदै गर
सधैँ रहन्न है बुबा जगत्मा रोग कोभिड ।५।

मेची नगरपालिका- १३, चारआली, झापा, हाल: बेलायत ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि