Khabarpato logo

         

लोकसेवा

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ सम्बन्धी वस्तुगत तथा छोटा प्रश्नोत्तर

खबरदाता

खबरदाता

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ सम्बन्धी वस्तुगत तथा छोटा प्रश्नोत्तर

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कहिले प्रमाणीकरण भएको हो ? 
- २०७४।१।१०

बैंक वा वित्तीय संस्थामा कति जना संचालकहरू रहेको संचालक समिति रहनेछ ?

 - कम्तीमा ५ र बढीमा ७ जना

बैंक वा वित्तीय संस्थाको प्रथम वार्षिक साधारणसभा नभएसम्मको अवधिका लागि संचालकको नियुक्तिका लागि के व्यवस्था रहेको छ ?
- संस्थापकद्वारा गरिनेछ

वार्षिक साधारणसभा हुनुभन्दा अगावै कुनै संचालकको पद रिक्त हुन आएमा के व्वयस्था रहेको छ ?
‍- अर्को वार्षिक साधारणसभा नभएसम्मका लागि संचालकको नियुक्ति संचालक समितिद्वारा गर्न सकिनेछ

बैंक वा वित्तीय संस्थामा कार्यकारी प्रमुखको नियुक्ति कसले गर्ने व्यवस्था रहेको छ ?
- संचालक समितिले 

कार्यकारी प्रमुखको कार्यकाल कति अवधिको हुने व्यवस्था रहेको छ ?
- बढीमा ४ वर्षको हुने र अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्ने 

बैंक वा वित्तीय संस्थाको संस्थापना गर्नुपूर्व स्वीकृति लिनुपर्ने कि नपर्ने ?
- पर्ने । रष्ट्र बैंकबाट ।

पूर्वस्वीकृति निवेदन परेको कति दिनभित्र प्रदान गरिन्छ ?

- स्वीकृति दिन योग्य भएमा १२० दिनभित्र 

विदेशी लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्नुपूर्व स्वीकृति लिनुपर्ने कि नपर्ने ?
- पर्ने । 

बैंक वा वित्तीय संस्थाको संस्थापना गर्नुपूर्व स्वीकृति लिँदा संलग्न गर्नुपर्ने कागजात केके हुन् ?

  • प्रबन्धपत्र
  • संस्थाको नियमावली
  • संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन
  • निवेदकको व्यक्तिगत विवरण
  • संस्था संस्थापना गर्न निवेदकबीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि
  • निवेदकको लगानीको स्रोत खुलेको विवरण र निवेदन दिनुभन्दा तत्काल अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण
  • निवेदक नेपाल वा विदेशमा दामासाहीमा परे/नपरेको
  • कुनै बैंक वा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको
  • बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परे/नपरेको
  • परेको भए सो फुकुवा भई  ३ वर्षको अवधि व्यतीत भए/नभएको विवरण
  • निवेदकको विरुद्ध ठगी, जालसाजी वा प्रचलित कानुनबमोजिम कसुर मानिने कार्यमा नेपाल वा विदेशमा कुनै कारबाही नचलेको एवं त्यस्तो कसुरजन्य कार्यमा सजाय नपाएको स्वघोषणा
  • निवेदक नेपाल वा विदेशको कुनै पनि नियमनकारी वा सुपरीवेक्षण गर्ने निकाय वा अधिकारीबाट कारबाहीमा परे/नपरेको, निज संलग्न रहेको कम्पनी वा संस्थाको इजाजतपत्र निलम्बन वा रद्द भएको वा बाध्यात्मक खारेजीमा परेको वा पर्ने क्रममा रहे/नरहेको विवरण
  • निवेदकको परिवारको सदस्यको व्यक्तिगत विवरण
  • संगठित संस्था भएमा सो संगठित संस्थामा उल्लेख्य स्वामित्व वा हैसियत राख्ने व्यक्तिको विवरण, पछिल्लो ३ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण र सो संगठित संस्थाको कर चुक्ता प्रमाणपत्र समेत संलग्न गर्नुपर्ने
  • निवेदकको वित्तीय तथा व्यावसायिक पृष्ठभूमिको सम्बन्धमा जाँचबुझ गर्न वा गराउन राष्ट्र बैंकलाई दिएको लिखित अख्तियारी
  • राष्ट्र बैंकबाट तोकिएको सीमासम्मको निक्षेप सुरक्षण गर्ने प्रतिबद्धता
  • राष्ट्र बैंकले समयसमयमा तोकिदिएको अन्य विवरण तथा कागजात ।

कस्तो अवस्थामा राष्ट्र बैंकले पूर्वस्वीकृति दिन इन्कार गर्नेछ  ? 

  • संस्थाको नाम वा त्यस्तो संस्थाले गर्ने बैंकिङ्ग तथा वित्तीय कारोबार सार्वजनिक हित, धर्म, जातजाति वा सम्प्रदाय आदिको दृष्टिकोणले वाञ्छनीय नदेखिएमा
  • संस्थाको उद्देश्य प्रचलित कानुनविपरीत भएमा
  • संस्था संस्थापना गर्न प्राविधिक दृष्टिकोणबाट उपयुक्त नदेखिएमा
  • संस्थाले पेस गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन, विवरण तथा कागजात र अन्य पूर्वाधारलाई अध्ययन गर्दा वित्तीय कारोबार स्वस्थ र प्रतिस्पर्धात्मक ढंगबाट संचालन गर्ने कुरामा विश्वास गर्न सकिने आधार नभएमा
  • प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित बैंक वा वित्तीय संस्थाको सबै संस्थापकले आफ्नो नाम, ठेगाना, आफूले लिने शेयर संख्यासमेत खुलाई साक्षीको रोहवरमा सहीछाप गरी सो साक्षीको नाम, ठेगानासमेत नखुलाएमा
  • प्रतिव्यक्ति शेयर लगानी सीमा र शेयर स्वामित्व अनुपात समयसमयमा राष्ट्र बैंकले तोकेबमोजिम रहेको नपाइएमा
  • राष्ट्र बैंकले जारी गरेको बैंक वा वित्तीय संस्था संस्थापना तथा इजाजतपत्रसम्बन्धी नीतिविपरीत भएको पाइएमा
  • राष्ट्र बैंकले तोकेको अन्य शर्त पूरा गरेको नपाइएमा  । 

विदेशी लगानीमा बैंक वा वित्तीय संस्था संस्थापनाका लागि आवश्यक प्रक्रिया के रहेको छ ?

  • विदेशी लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्न राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने । 
  • पूर्वस्वीकृतिका लागि देहायबमोजिमको कागजातसहित नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्ने । 

क) विदेशी बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली तथा सम्बन्धित मुलुकमा उक्त बैंक वा वित्तीय संस्था दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र पुँजी संरचना

ख) विदेशी बैंक वा वित्तीय संस्थाको सम्बन्धित मुलुकमा बैंकिङ तथा वित्तीय कारोबार सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्रको प्रतिलिपि

ग)   कारोबार गर्ने मुख्य स्थानसम्बन्धी विवरण

घ) विदेशी बैंक वा वित्तीय संस्थाको लेखापरीक्षण गरिएको पछिल्लो ३ आर्थिक वर्षको वासलात र नाफा-नोक्सान हिसाबको प्रमाणित प्रतिलिपि

ङ) नेपालमा प्रस्तावित व्यवसायको योजना, व्यावसायिक रणनीति तथा संचालन गर्ने कारोबारको किसिम, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापनसम्बन्धी विवरण

च) विदेशी बैंक वा वित्तीय संस्थाले सम्बन्धित मुलुकको कानुनबमोजिम नेपालमा बैंक वा वित्तीय संस्था खोल्न गरेको निर्णय र त्यस्तो मुलुकको नियमनकारी निकायले दिएको अख्तियारी ।

त्यसरी निवेदन पर्न आएको १२० दिनभित्र विदेशी बैंक वा वित्तीय संस्थालाई तोकिदिएको सीमासम्मको शेयर लगानी वा संयुक्त लगानीमा बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्वस्वीकृति दिन सक्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…