Khabarpato logo

         

बहस

पीसीआर पोजिटिभ आए के गर्ने ?, जनस्वास्थ्यविज्ञ डा. पाण्डेका सुझाव

डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे

पीसीआर पोजिटिभ आए के गर्ने ?, जनस्वास्थ्यविज्ञ डा. पाण्डेका सुझाव

यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला । यस पटक परिवारमा एक जना संक्रमित भएमा सबै संक्रमित हुने अवस्था छ तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । 

संक्रमणको शंका लागेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला ।सहेर वा हेरौँ भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ  ।

- पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यस पटक छिटो कोभिड निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला  । त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईंको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाका लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरशः पालना गर्नुहोला ।

- लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो, त्यति छिटो भर्ना हुन नपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ ।

- गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुन सक्छ । प्रजाति फरक भएकाले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

- बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यस पटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ ।

- अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नुभयो भने अक्सिजनको स्तर केही बढ्छ तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।

- अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनुपर्दैन । प्याक भएका अस्पतालले अस्पतालबाहिरसमेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

- चिकित्सकको सल्लाहबिना आफँै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार होइन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।

- औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुन सक्छ । एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो  गलत हो ।

- प्रतिरोध क्षमता बढाउनका लागि जथाभावी आयुर्वेदिक औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसअनुसार मात्र आयुर्वेदिक औषधि सेवन गर्नुहोला । आयुर्वेदिक औषधिले कोभिड निको हुँदैन । तपाईंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्दतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

- यस पटकको संक्रमण निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ, भोलि अस्पताल जाऊँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।

- कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुन सक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नुहुँदैन । यस्तो अवस्थामा एक पटक छातीको एक्स रे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ ।

- अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ तसर्थ नआत्तिनुहोला ।

- उपचार पश्चात पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुन सक्छ ।

-  चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।
.
सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई संक्रमण हुन नदिनका लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानुपर्दैन । (डा. पाण्डेको फेसबुकबाट)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…