Khabarpato logo

         

शिक्षा

लोकसेवा पास गर्न यसो गर्नुहोस्

खबरदाता

खबरदाता

लोकसेवा पास गर्न यसो गर्नुहोस्
  • लोकसेवा आयोगको परीक्षा दिनुभन्दा अगाडि परीक्षा दिने व्यक्तिमा मिहिनेत गर्ने जाँगर र सफल हुन्छु भन्ने आत्मविश्वास आवश्यक हुन्छ । 'हारको मानसिकताले युद्ध जितिँदैन' भन्ने कुरा सधैँ ख्याल गर्नुपर्छ ।
  • लोकसेवामा प्रतिष्पर्धा अत्यन्तै बढी हुन्छ । त्यसैले लोकसेवामा उत्तीर्ण हुनका लागि पढ्ने तरिका, पढेको कुरा सम्झने तरिका र लेख्ने तरिकालगायत धेरै कुरामा कठिन मिहिनेत गर्नुपर्छ ।
  • विषयवस्तुबारे प्रस्ट र जानकार हुनुपर्छ । पढेका विषयलाई परीक्षामा लेख्ने गरी प्रस्ट बनाउन बारबम्बार अभ्यास गर्नुपर्छ ।
  • समयभित्रै स्पष्ट र प्रभावकारी ढंगले लेख्ने सीप विकास गर्नुपर्छ ।
  • विषयको पाठ्यक्रमलाई गहन रूपमा पढ्ने र सोहीअनुसारका सामग्री खोजेर पढ्ने गर्नुपर्छ । सबै प्रश्नहरू पाठ्यक्रममै आधारित भएर सोधिने हुँदा पढ्ने बेलामा पाठ्यक्रमसँग जोडिएका विषयहरू, समसामयिक विषयहरू, दैनिक व्यवहारमा आइपरेका विषयहरूलाई ध्यान दिएर पढ्नुहोस् । ख्याल गर्नुहोस्, प्रश्नले सैद्दान्तिक र व्यवहारिक दुवै उत्तर खोजेको हुन्छ ।
  • लेखन र प्रस्तुतीकरणमा विशेष ध्यान दिनुहोस् । पढ्दा धेरैतिर नछिरलिई पाठ्यक्रममा विशेष केन्द्रित हुँदा प्रश्नको उत्तर छोटो, मीठो र प्रभावकारी ढंगले दिन सकिन्छ ।
  • पढ्दा नोट बनाउने बानी बसाउनुहोस् । यसो गर्दा पढेको कुरा सम्झिन सहज हुन्छ ।
  • लेखाइमा प्रस्टतासँगै शुद्धतामा पनि ध्यान दिनुहोस् । अक्षरको सौन्दर्यले पनि जाँचकीलाई आकर्षित गर्छ, सकेसम्म सुन्दर र प्रस्ट अक्षर लेख्नुहोस् ।
  • धेरै लेखेर मात्र राम्रो नम्बर आउँदैन । प्रश्नले खोजेको उत्तर छोटोमा पनि दिन सकिन्छ । यश कारण पहिला प्रश्न स्पष्ट हुनुहोस् अनि आवश्यक उत्तर मात्र छोटोमा दिने प्रयास गर्नुहोस् ।
  • प्रश्नभित्र प्रश्न हुन सक्छन् । ती सबैको उत्तर अनिवार्य लेख्नुहोस् । जस्तो कि एउटा प्रश्न १० पूर्णाङ्कको छ भने त्यसमा पनि खण्डखण्ड हुन सक्छन् । त्यसभित्र ४ वटा खण्डमा प्रश्न सोधेको छ भने प्रत्येकको पूर्णाङ्क २.५ हुन्छ । २ वटा खण्डको मात्र उत्तर लेख्नुभयो भने ५ अंकको मात्र लेख्नुभयो । त्यसमा जति राम्रो गरे पनि ३ भन्दा बढी नम्बर आउँदैन ।
  • लिखित परीक्षा नै लोकसेवाका लागि महत्त्वपूर्ण मानिन्छ । लिखितमा उत्कृष्ट बन्न सकियो भने अन्तर्वार्तामा छनोट हुने संभावना प्रबल हुन्छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

School closed in Kagbeni after disaster triggers damages to property

School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rura…

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि…